सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउने श्रीलङ्काको तयारी


प्रकाशित मिति : असार २, २०८१ आईतबार

श्रीलङ्काका अधिकारीहरूले सन् २०२५ सम्ममा मोटर वाहन आयातमा प्रतिबन्धहरू कम गर्न प्रारम्भिक मार्गचित्र तयार गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ लाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आइएमएफका अनुसार यो योजना सन् २०२४ को तेस्रो त्रैमासिकमा सार्वजनिक यात्रु र विशेष प्रयोजनका सवारी साधनको आयातसँगै सोही वर्षको चौथो त्रैमासिकमा सामान ढुवानीका सवारी साधनको आयातबाट सुरु हुनेछ ।

सन् २०२५ सम्ममा श्रीलङ्काले सबै मोटर वाहनहरूमा आयात प्रतिबन्धहरू पूर्णरूपमा हटाउने आइएमएफले उल्लेख गरेको छ ।

श्रीलङ्काले सन् २०२१ र सन् २०२२ मा कोरोनाभाइरस महामारीको प्रभावका कारण सवारी साधन आयातमा प्रतिबन्ध लगाएको र त्यसपछि देशले सामना गरेको आर्थिक सङ्कटका कारणले उक्त निर्णयलाई जारी राखेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रीलङ्का सरकारले आर्थिक सङ्कटका कारण सन् २०२२ अगस्टमा एक हजार चार सय ६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको तर विभिन्न अवसरहरूमा धेरैजसो वस्तुमाथिको प्रतिबन्ध हटाएको थियो ।

आधिकारिक तथ्याङ्कले सन् २०२२ मा श्रीलङ्काको कूल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको देखाएको छ । यो सन् २०२१ को तुलनामा ११ दशमलव चार प्रतिशतले घटेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com