ट्रम्पद्वारा बाढी पीडितका लागि रकम माग


प्रकाशित मिति : भाद्र १७, २०७४ शनिबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टेक्सस र लुइजियानामा आएको बाढीपछिको पुनर्स्थापनामा सघाउ पुर्याउन ७.८ अर्ब डलर प्रारम्भिक भुक्तानी उपलब्ध गराउन कंग्रेसलाई आग्रह गरेका छन्।

अधिकारीहरुले आँधी र त्यसपछिको भारी वर्षाबाट पुगेको क्षतिको पूर्ण विवरण जानकारीमा आएपछि थप रकमको निम्ति आग्रह गरिने बताएका छन्।

बाढीग्रस्त केही क्षेत्रमा पानीको सतह अझैं बढिरहेको छ। तर केही बासिन्दालाई आफ्नो घर फर्कन अनुमति दिइएको छ।

ट्रम्पले दोश्रो पटक शनिबार टेक्ससको भ्रमण गर्दैछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुमति

आँधी र मुसलधारे वर्षाका कारण उक्त राज्यमा गएको साता भीषण बाढी आएको थियो।

उक्त प्राकृतिक विपद्का कारण ४७ जनाको ज्यान गएको र करिब ४३ हजार मानिस अन्तै आश्रय लिन बाध्य भएको बताइएको छ।

ह्वाइट हाउसले कंग्रेसको तल्लो सदनलाई पठाएको पत्रमा बजेट बढाउन असफल भएमा उद्धार र राहतको प्रयासमा बाधा पुग्ने चेतावनी दिइएको छ।

बाढीको प्रभाव

अमेरिकी सरकारले सापटी लिन पाउने कूल रकमभन्दा बढी बजेट लिनु पर्दा संसदको अनुमति आवश्यक पर्छ।

आलोचना

टेक्ससका गभर्नरले १२५ अर्ब डलरभन्दा धेरै सहायता रकम आफ्नो राज्यलाई खाँचो पर्ने बताएका छन्।

ह्वाइट हाउसका बजेट निर्देशक घरको प्रारम्भिक मर्मत र भाडा सहायताको निम्ति करिब ५ लाख परिवार दर्ता भएको उनले बताए।

राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाले यो साताको शुरुमा टेक्ससको भ्रमण गरेका थिए।

तर बाढी पीडितलाई नभेटेको र विपद् लगत्तैको सरकारी बन्दोबस्तीमा केन्द्रित भएकोमा उनको आलोचना भएको थियो।

ह्वाइट हाउसले बाढी पीडित र स्वंयसेवकलाई भेट्न ट्रम्प शनिबार ह्युष्टन जाने र त्यहाँबाट लुइजियानाको भ्रमण पनि गर्न सक्ने जनाएको छ।

Source : BBC Nepali

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com