गाई र भैसीको दुधबाट मान्छेमा वर्ड फ्लु संक्रमण बढ्दै , मेक्सिकोमा एकजनाको ज्यान गयो


प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार

अमेरिकाको कयौँ सहरमा गाई र गाईको दूधको माध्यमबाट मान्छेमा वर्ड फ्लु सरेको मामिलाहरू सार्वजनिक भइरहेका छन् । भारत सहित विश्वका अन्य कयौँ देशमा पनि सङ्क्रमण फैलिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले बताएअनुसार मेक्सिकोमा वर्ड फ्लुकै कारण १ जना ५९ वर्षका पुरुषको मृत्यु भएको छ ।

ती व्यक्तिमा एच ५ एन १ भाइरस एभियन इन्फ्लुएन्जा कसरी सर्यो भन्ने चाँहि डब्ल्यूएचओले बताएको छैन ।

ती पुरुषलाई ज्वरो आएको, सास फेर्न समस्या, पखाला लाग्ने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पहिला देखि नै क्रोनिक किड्नी फेलियर, मधुमेह र उच्च रक्तचाप जस्ता रोग पनि थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो समय विश्वका कयौँ देशमा वर्ड फ्लु तीव्र गतिमा बढिरहेको छ । यसलाई केहीले कोरोना भन्दा पनि खतरनाक भनिरहेका छन् ।

यो कोरोना भाइरस भन्दा १०० गुणा खतरनाक सङ्क्रमण हुन सक्ने बताइएको छ ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा एच ५ एन १ भाइरसको सङ्क्रमण सरेको मामिला नदेखिएको युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसी ले एउटा रिपोर्टमा हालै बताएको थियो ।

तर सबै जना यसको लक्षण र सङ्क्रमणको जोखिमबारे सतर्क रहन आवश्यक रहेको बताइएको छ । पहिलो पटक मे २३ मा यस घटनाबारे जानकारी पाएको डब्ल्यूएचओले बताएको छ ।

यो भाइरसको सङ्क्रमण भएको अवस्थामा हलुकादेखि गम्भीर सम्मका लक्षणहरू देखिन सक्ने र जसका कारण मृत्युदर बढ्ने खतरा समेत रहेको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com