टेक्सासमा आँधीबाट ४० को मृत्यु वा हराएको आशङ्का


प्रकाशित मिति : भाद्र १६, २०७४ शुक्रबार

हाउस्टन (अमेरिका), १६ भदौ । टेक्सासमा हालै आएको आँधीबाट कम्तीम पनि ४० जनाको ज्यान गएको वा हराएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

भारी बर्षा र त्यसपछि सुरु भएको आँधीबाट ती व्यक्ति मारिएको हुनसक्ने अनुमान गरिएको बताइएको छ । उनीहरु सो आँधीपछि हराइरहेका छन् । त्यसैले मारिएको अनुमान गरिएको समाचारमा जनाइएको छ ।

मारिएका व्यक्तिहरु बाढी वा हुरीबाट मारिएका हुन वा होइनन् भन्ने विषयमा चिकित्सकहरुले शुक्रबार स्वास्थ्य जाँच गर्ने भएका बताइएको छ । हराएकाहरुको खोजी जारी राखिएको छ ।

हराएका स्थानीयहरुको खोजी बाढी आएको क्षेत्रतर्फ, नदिको किनारमा र सो बाढीले ताल तलाउ बनाएको स्थानतिर गरिएको अधिकारीहरुले जनाएका छन् ।

हालै गएको सो आँधी र त्यसपछिको बाढीका कारण कैयौँ घर डुबाएको छ । त्यस्तै सडकमा गुडिरहेका सवारी साधन नै बाढीले बगाएको छ । त्यसैमा परेर नागरिक हराइरहेका छन् ।

यसरी हराएका नागरिकको खोजी जारी रहेको भए पनि अहिलेम्म भेटन नसकिएपछि उनीहरु मारिएको अनुमान गरिएको छ । मारिएका नागरिकको पनि शव नभेटिएको बताइएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com