नेपाली क्रिकेटर लामिछानेलाई भिसादिन अमेरिकी दुतावासद्वारा पुन: अस्विकार


प्रकाशित मिति : जेष्ठ १७, २०८१ बिहीबार

अमेरिकी दूतावास काठमाडौंले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन पुन अस्वीकार गरेको छ । यसअघि ९ जेठमा पनि दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

अन्तर्वार्ताका लागि बिहीबार साढे ४ बजे अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।

फर्किने आधार नदेखिएको भन्दै सन्दीपलाई दोस्रो पटक भिसा नदिएको जनाइएको छ। सन्दीपले टी २० विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

सन्दीपलाई अमेरिकाको भिसा दिनुपर्ने भन्दै बुधबार काठमाडौंको माइतीघरमा केही युवाहरुले प्रदर्शन पनि गरेका थिए । टी २० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुँदैछ । जसका लागि कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२ जेठमा उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि नेपाल क्रिकेट संघ क्यान ले सन्दीपको निलम्बन फुकुवा गरेको थियो उनलाई विश्वकप खेल्न अमेरिका पठाउने निर्णय गरेको थियो ।

नेपाल क्रिकेट संघ क्यानले सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको बताएको छ ।

क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संचालन हुन लागेको आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि अमेरिकी दूतावासले भिसा नदिएको औपचारिक जानकारी गराएका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com