स्पेनले युक्रेनलाई एक अर्ब युरोको सैन्य सहयोग गर्ने


प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार

स्पेनले युक्रेनलाई रुसको आक्रमण विरुद्ध आफ्नो रक्षा गर्नका लागि १ दशमलव १ अर्ब युरोको सैन्य सहायता दिने वाचा गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले म्याड्रिडमा सुरक्षा सम्झौतामा हस्ताक्षरसमेत गर्नुभएको छ ।

सम्झौतामा “सन् २०२४ का लागि एक अर्ब युरो सैन्य सहायताको प्रतिबद्धता समावेश रहेको सान्चेजले संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो ।

अर्को दशकलाई समेट्ने यो सम्झौताले भूमि, हवाई, नौसेनालगायत आधुनिक सैन्य उपकरणको आपूर्तिमा युक्रेनी क्षमताको आवश्यकतालाई प्राथमिकता दिँदै युक्रेनको खाद्य निर्यातका लागि समुद्री मार्गको सुरक्षामा जोड दिन्छ ।

यसले युक्रेनी नागरिक, सहर र पूर्वाधारको रक्षा गरी आवश्यक हवाई रक्षा प्रणालीको क्षमता बढाउन अनुमति दिनेछ । रुसको पूर्णआक्रमण तेस्रो वर्षमा पुग्दा, युक्रेनले बन्दूकधारी र बढी सङ्ख्यामा रहेका सैनिकका लागि थप हतियारको अपिल गरिरहेको छ ।

स्पेनका प्रधानमन्त्रीले स्पेनले पहिले नै प्याट्रियट मिसाइल आपूर्ति गर्ने वाचा गरिसकेको तर जेलेन्स्कीलाई युक्रेनका सहयोगीबाट मिसाइल प्रक्षेपण प्रणाली चाहिएको कुरामा जोड दिनुभयो ।

सम्झौतापछि युक्रेनी राष्ट्रपतिले युक्रेनलाई “वास्तविक र साँच्चै जीवन बचाउने समर्थन गरेकोमा स्पेनलाई धन्यवाद दिनुभयो । किएभको हवाई सुरक्षालाई बलियो बनाउन म्याड्रिडले कसरी भूमिका खेल्न सक्छ भन्ने विषयमा पनि दुई नेताले छलफल गरेको उहाँले बताउनुभयो ।

सम्भौताअनुसार स्पेनले “चितुवा ट्याङ सबैभन्दा माथि गोला बारुदको अर्को ब्याच पठाउने सान्चेजले भन्नुभयो । जेलेनस्कीले युक्रेनको सुरक्षाको लागि थप सात प्याट्रियट मिसाइल लन्चर चाहिएको बताउदै सहयोगीलाई प्राप्त गर्न दबाब दिने उल्लेख गर्नुभयो ।

रुसी सेनाले यस महिना करिब तीन हजार दुई सय निर्देशित हवाई बम प्रयोग गरेको उहाँले बताउनुभयो । एक महिनामा हजारौँ बम रोक्न पर्याप्त हवाई रक्षा मिसाइल नभएको भन्दै उहाँले हतियार दिन डराउँने साझेदारले हवाई रक्षा अपराध नभै रक्षा भएको बुझ्नुपर्ने उल्लेख गर्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com