को हुन् अमेरिकी संसदका लागि भर्जिनियाको डेमोक्रेटिक प्राइमरीमा उठेका एड्रियन पोखरेल?


प्रकाशित मिति : जेष्ठ १४, २०८१ सोमबार

नेपाली मूलका एड्रियन पोखरेल अमेरिकी संसदका लागि भर्जिनियाको १० औं कँग्रशनल डिस्ट्रिक्टबाट डेमोक्रेटिक प्राइमरीमा उठेका छन् । आगामी जुन १८ मा हुने प्राइमरी चुनावका लागि उनी मतपत्रमा समेटिएका छन् ।

एड्रियन पोखरेलले सन् २००८ देखि २०२२ सम्म अमेरिकी सेनामा सेवा गरेका थिए । पोखरेलले करियरको अनुभवमा गुप्तचर अधिकारीको रूपमा समेत काम गरेका थिए ।

सन् २००८ मा सान ज्याकिन्टो कलेजबाट विजनेश एड्मििनिष्ट्रेशनमा एसोसिएट डिग्री र सन् २०१० मा ह्युस्टन विश्वविद्यालयबाट फाइनान्समा स्नातक डिग्री गरेका पोखरेलले सन् २०१६ मा अमेरिकी सैन्य विश्वविद्यालयबाट इन्टेलिजेन्स अध्ययनमा मास्टर डिग्री हासिल गरेका थिए ।

जुन १८, २०२४ मा भर्जिनियाको १० औं कँग्रशनल डिस्ट्रिक्टबाट डेमोक्रेटिक प्राइमरीमा १३ जना उम्मेदबारहरु रहेका छन् । त्यसमध्ये पोखरेल एक हुन् । मार्च ३१ सम्मको रिपोर्ट अनुशार पोखरेलले १ लाख १८ हजार १ सय २८ डलर फण्डरेज गर्न सफल भएका थिए ।

अमेरिकाको प्रतिनिधिसभाकी डेमोक्रेटिक सांसद जेनिफर वेक्सटन स्वास्थ्यको कारणले गर्दा सिट खुला छोडेर पुन निर्वाचनमा उम्मेदवार नभएपछि उक्त क्षेत्रबाट नयाँ उम्मेदबारहरु मैदानमा छन् । धेरै डेमोक्र्याटहरू आकर्षित भएको यो क्षेत्रमा निर्वाचित हुनेले राज्यमा राजनीतिक हेवीवेट पछ्याउनेछ।

नेपालको धरान–१४, विजयपुरमा जन्मेका र पछि काठमाडौं सरेका पोखरेल टेक्सासको ह्युस्टनमा बसेका थिए । पीएचडी समेत हासिल गरेका उनको तीन भाषाहरूमा दक्षता रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com