आईआरएसद्वारा निशुल्क ट्याक्स फाइल कार्यक्रम सन् २०२९ सम्म विस्तार


प्रकाशित मिति : जेष्ठ १०, २०८१ बिहीबार

आईआरएसले निशुल्क ट्याक्स फाइल कार्यक्रम सन् २०२९ सम्म विस्तार गरेको छ । निजी कर सफ्टवेयर कम्पनीहरूको गठबन्धनसँग साझेदारी जारी राख्दै आईआरएसले अधिकांश अमेरिकीहरूलाई निशुल्क संघीय ट्याक्स फाइल गर्न अनुमति दिने कार्यक्रमलाई विस्तार गरेको हो ।

यो सिजनमा निशुल्क ट्याक्स फाइल कार्यक्रम अन्तरगत मे ११ सम्म २९ लाख रिटर्न प्रशोधन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७ दशमलव ३ प्रतिशत वृद्धि भएको आईआरएसले जनाएको छ । निशुल्क फाइल दुई दशक भन्दा बढीको समयदेखि आईआरएससँग महत्त्वपूर्ण साझेदार भएको छ र लाखौं करदाताहरूलाई मद्दत गरेको आईआरएसले जनाएको छ ।

आईआरएसको निशुल्क फाइल कार्यक्रम अक्टोबर १५ सम्म खुला रहन्छ । संघीय ट्याक्स फाइलका लागि थप समय मागेकाहरुका लागि यो डेडलाइन हो । आईआरएसले निश्चित आम्दानी भएका करदाताहरुका लागि निशुल्क ट्याक्स फाइल सेवा उपलब्ध गराउँदै आएको छ ।  यस कार्यक्रमको साथ योग्य करदाताहरूले विश्वसनीय निःशुल्क फाइल साझेदारहरूबाट निःशुल्क ट्याक्स सफ्टवेयर प्रयोग गरेर आफ्नो संघीय ट्याक्स रिटर्नहरू तयार गर्न र फाइल गर्न सक्छन्।

प्रत्येक निः शुल्क सेवा प्रदायकले उमेर, आय र राज्यको आधारमा आफ्नै योग्यता नियमहरू सेट गरेका छन् । सन् २०२३ मा ७९ डलर वा कमको आम्दानी गरेका करदाताहरूले निशुल्क फाइल प्रदायकबाट सेवा पाउन सक्ने प्रावधान रहेको थियो । केही प्रदायकहरूले निः शुल्क रुपमा राज्यको ट्याक्स रिटर्न पनि प्रस्ताव गर्छन्।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

निः शुल्क सेवा प्रदायकबाट आईआरएसमा पठाउँदा करदाताको जानकारीलाई अनाधिकृत पहुँचबाट सुरक्षित गरिन्छ। निःशुल्क फाइल साझेदार कम्पनीहरूले करदाताको अनुमति बिना ट्याक्स रिटर्न तयारी बाहेक अन्य उद्देश्यका लागि ट्याक्स रिटर्न जानकारी साझा वा प्रयोग गर्न सक्दैनन्। आईआरएस निः शुल्क ट्याक्स फाइल सेवा प्रदायकमार्फत कम्प्युटर नहुने करदाताहरूले आफ्नो स्मार्टफोन वा ट्याब्लेटमार्फत पनि ट्याक्स फाइल गर्न सक्छन् ।

tax consultant, files, pile of files

यसपटक १०४० नाओ, ड्रेक, ईजी ट्याक्स रिटर्न, फाइल योर ट्याक्सेस डटकम, अनलाइन ट्याक्सेस, ट्याक्स एक्ट, ट्याक्स ह्वाक र ट्याक्स स्लेयरले निशुल्क ट्याक्स फाइलका लागि आईआरएससँग सहकार्य गरेका थिए । १७ हजारदेखि ७९ हजारभित्र आम्दानी हुनेहरुले १०४० डटकमबाट निशुल्क ट्याक्स फाइल गर्न सक्ने प्रावधान थियो ।  ४५ हजार वा कम आम्दानी भएकाहरुले ओएलटी डटकम वा फ्री ट्याक्स युएसए डटकमबाट निशुल्क ट्याक्स फाइल गर्न सक्ने प्रावधान थियो  भने ८ हजार ५ सयदेखि ७९ हजारभित्र आम्दानी हुनेहरुले फाइल योर ट्याक्सेस डटकमबाट निशुल्क ट्याक्स फाइल गर्न सक्ने प्रावधान थियो । फाइल योर ट्याक्सेस डटकमबाट निशुल्क ट्याक्स फाइल गर्न ६४ बर्षभन्दा कम उमेरको हुनुपर्छ ।

७९ हजारभित्र आम्दानी हुनेहरुले ईजीट्याक्स रिटर्न डटकम वा ट्याक्स एक्ट डटकमबाट पनि निशुल्क ट्याक्स फाइल गर्न सक्ने प्रावधान थियो । तर ट्याक्स एक्ट डटकमबाट फाइल गर्दा २० देखि ५८ बर्ष बीचको हुनुपर्छ । त्यस्तै ४४ हजार वा कम आम्दानी भएकाहरुले ट्याक्सस्लेयर डटकमबाट फाइल गर्न सक्छन् भने ६८ हजारभन्दा कम आम्दानी भएकाहरुले १०४० नाओ डटनेटबाट निशुल्क ट्याक्स फाइल गर्न सक्ने प्रावधान थियो ।

ओएलटी, फाइल योर ट्याक्सेस, ट्याक्स एक्ट, फ्री ट्याक्स युएसए, ट्याक्स स्लेयर सबै राज्यहरुमा संघीय ट्याक्स फाइलका लागि निशुल्क उपलब्ध थिए भने फ्री ट्याक्स युएसए र ओएलटी सबै राज्यमा राज्यको ट्याक्स फाइल गर्नका लागि समेत निशुल्क उपलब्ध थिए । ईजी ट्याक्स रिटर्न डटकम र १०४० नाओ डटकमको कुनै पनि राज्यको ट्याक्स फाइलका लागि निशुल्क सेवा उपलब्ध छैन । अन्यको भने केही राज्यमा निशुल्क राज्यको ट्याक्स फाइल सेवा उपलब्ध छ । त्यस्तै ४५ हजारभन्दा कम आम्दानी हुनेहरुका लागि ओएलटी डटकम र फ्री ट्याक्स युएसए डटकम उचित छनौट हुनसक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com