पाल्पा र गुल्मीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु , २ दर्जन घाइते


प्रकाशित मिति : जेष्ठ ३, २०८१ बिहीबार

पाल्पा र गुल्मीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । २ दर्जन घाइते भएका छन् ।

पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री कच्ची सडक खण्डमा आरूघाट खोलाबाट खादर जाँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप सडकबाई अन्दाजी ३० मिटर तल खस्दा २ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन । घाइतेहरू सबै निस्दी गाउँपालिका–४ का हुन ।

दुर्घटनामा परी पाल्पाको निस्दी गाउँपालिका–४ का ६ वर्षीय राजिब सुनारी र २० वर्षीय तेजन सोमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिनु्भयो । तेजनको उपचारका क्रममा नवलपरासीको मध्यविन्दु अस्पतालमा मृत्यु भएको हो ।

घाइतेहरू मध्ये केहीको नारायणी सामुदायिक अस्पताल, चितवन मेडिकल कलेज र मध्यविन्दु अस्पतालमा उपचार भइरहेको पाल्पा प्रहरीले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै गुल्मीमा भएको बस दुर्घटनामा सहचालकको मृत्यु भएको छ । पोखराबाट गुल्मी तम्घासका लागि छुटेको लु १ ख ८१७५ नम्बरको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवरको मृत्यु भएको हो ।

कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनु भएको छ ।

रुरुक्षेत्र गाउँपालिका –१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा भएको दुर्घटनामा अन्य १२ जना घाइते भएका छन । घाइते सबैको पाल्पामा उपचार भइरहेको छ । बस सडकबाट अन्दाजी ५० । ६० मिटर तल खसेको गुल्मी प्रहरीले बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com