बेलायतले ५५ प्रतिशत बढायो आफन्तलाई स्पोन्सर गर्न चाहिने आम्दानीको मापदण्ड


प्रकाशित मिति : चैत्र ३०, २०८० शुक्रबार

selective focus photography of rolled 5 banknote

बिहीबारदेखि बेलायत सरकारले पारिवारिक भिसामा आफ्ना आफन्तहरूलाई स्पोन्सर गर्न चाहने बेलायती नागरिकहरू र त्यहाँका बासिन्दाहरूको लागि आवश्यक न्यूनतम आम्दानीको मापदण्डमा उल्लेखनीय बृद्धि गरेको छ। नयाँ तलब थ्रेसहोल्ड ५५ प्रतिशतले बढेको छ ।

बार्षिक १८ हजार ६ सय पाउण्डबाट बढाएर आम्दानीको मापदण्ड २९ हजार पाउण्ड बनाइएको छ । यो वृद्धि तलब थ्रेसहोल्डलाई क्रमशः बढाउने सरकारको योजनाको एक भागको रूपमा आएको हो । जुन अर्को वर्षको सुरुमा दक्ष कामदार भिसाको तलबजति अर्थात् ३८ हजार ७ सय पाउण्डको आवश्यकतासँग मिल्दोजुल्दो हुने गरी सेट गरिएको छ।

यो समायोजनले कानुनी आप्रवासनलाई कम गर्ने र नयाँ आउनेहरू करदाताहरूमा आर्थिक बोझ नबनाउने कुरा सुनिश्चित गर्ने प्रधानमन्त्री ऋषि सुनक र होम सेक्रेटरी जेम्स क्लिभरलीको रणनीतिको अन्तिम चरणको प्रतिनिधित्व गरेको बेलायतको होम अफिसले बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुनकले तलब थ्रेसहोल्ड बढाउने चरणबद्ध दृष्टिकोणको बचाउ गर्दै यो मापदण्ड उनीहरुले आफ्ना आश्रितहरूलाई आर्थिक रूपमा सहयोग गर्न सक्ने सुनिश्चित परिवारहरूलाई सहयोग गर्ने सरकारको प्रतिबद्धतासँग मिल्दोजुल्दो रहेको बताएका छन् ।

होम अफिसले आम्दानीको नयाँ मापदण्डको उद्देश्य परिवारमा आत्मनिर्भरता प्रवर्द्धन गर्ने र सरकारी कोषमा निर्भर हुनबाट रोक्ने रहेको बताएको छ । नयाँ नियमहरू अन्तर्गत स्पोन्सरका परिवारका सदस्य वा आवेदक काम गर्ने अनुमतिका साथ बेलायतमा छन् भने उनीहरुले परिवारका सदस्य स्पोन्सर गर्नका लागि बेलायतमा न्यूनतम बार्षिक आम्दानी २९ हजार पाउण्ड गरेको हुनुपर्नेछ । यो आवश्यकता बचत सहित विभिन्न माध्यम मार्फत पूरा गर्न सकिन्छ।

परिवारका सदस्यलाई स्पोन्सर गर्नका लागि आम्दानीको मापदण्ड बढाएदा गत वर्ष बेलायतमा आइपुगेका लगभग ३ लाख व्यक्तिहरूलाई प्रभाव पार्ने जनाइएको छ । यस वर्षको सुरुवातदेखि आप्रवासनलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सरकारको व्यापक दृष्टिकोणको एक भागको रूपमा धेरै भिसा नियमहरू कडा गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com