बेलायतमा अवैध रुपमा काम गरिरहेका १२ भारतीय पक्राउ, प्रत्येकका लागि ६० हजार पाउण्ड जरिवाना


प्रकाशित मिति : चैत्र ३०, २०८० शुक्रबार

बेलायतको वेष्ट मिडल्याण्डको टिप्टनमा बेड बनाउने कारखानामा अध्यागमनको छापामा १२ जना भारतीयहरु पक्राउ परेका छन् । भिसाका शर्तहरु उल्लंघन गर्दै गैरकानुनी रुपमा काम गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेर हिराशतमा लिइएको छ । पक्राउ पर्नेमा ११ जना पुरुष र १ जना महिला रहेका छन् ।

झण्डै ३० जना अधिकारीहरु छापामार्न पुग्दा गैरकानुनी रुपमा काम गरिरहेकाहरुमध्ये कोही भाग्ने प्रयास गरेका थिए भने कोही काठको प्यालेट र गद्दाको थुप्रोको बीचमा लुक्ने प्रयास गरेका थिए ।

वेस्ट मिडल्याण्डको टिप्टनमा उनीहरुले अवैधरुपमा काम गरेकोबारे गोप्य सुचना प्राप्त गरेपछि अध्यागमनले छापा मारेको थियो । एउटा बेड बनाउने कारखाना र अर्को केक बनाउने स्थलमा छापा मारिएको थियो । पक्राउ परेकामध्ये ४ जनालाई बेलायतबाट देशनिकालाको प्रकृया चलुन्जेल हिरासतमा राखिएको छ भने बाँकी आठलाई शर्तसहित जमानतमा रिहा गरिएको छ ।

गैरकानूनी आप्रवासन विरुद्ध मन्त्री माइकल टमलिन्सनले गैरकानूनी रुपमा कामदारहरूलाई काममा राखेमा व्यवसायहरू सजायको भागिदार हुने बताएका छन् । कागजपत्रविहिन आप्रवासीहरूलाई काममा लगाउने रोजगारदाताहरूलाई तीन गुणा जरिवाना गर्ने उनले बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कागजपत्रविहिनलाई काममा लगाएर पहिलोपटक नियमको उल्लंघन गर्ने व्यवसायलाई लगाइने जरिवाना १५ हजार पाउण्डबाट बढाएर ४५ हजार पाउण्ड बनाइएको छ । तीनबर्षभित्र दोश्रोपटक उल्लंघन गर्ने व्यवसायलाई ६० हजार डलर जरिवाना हुनसक्नेछ । यो उक्त कारखानामा ६ महिनाको अवधिमा तेश्रो छापा भएकाले व्यवसायले प्रत्येक कामदारको ६० हजार पाउण्डका दरले जरिवानाको सामना गर्नेछ ।

उक्त स्थानमा यसभन्दा अगाडि अक्टोबर र नोभेम्बरको छापामा ३० जना पक्राउ परेका थिए । त्यीबेला प्रतिव्यक्ति १५ हजार पाउण्डमात्र जरिवानाको नियम थियो भने व्यवसायलाई उक्त जरिवाना तिराइएको थियो । तर गत फेब्रअरीमा सरकारले जरिवाना तीनगुणा बढाएकाले अब उक्त व्यवसायले तिर्ने जरिवाना निकै चर्को हुने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com