न्युयोर्क सिटीका उत्कृष्ट १०० रेष्टुरेण्टको सूची न्युयोर्क टाइम्समा, क्वीन्सको उत्कृष्टमा चेली रेष्टुरेण्ट


प्रकाशित मिति : चैत्र २८, २०८० बुधबार

multiple dishes field bowls on table

न्युयोर्क टाइम्सले न्युयोर्क सिटीका उत्कृष्ट १०० रेष्टुरेण्टको सूची सार्वजनिक गरेको छ । जसमा म्यानहटनका ६७, ब्रुकलिनका २०, क्वीन्सका १७, ब्रोंक्सका ४ र स्टेटन आइल्याण्डका ३ वटा रेष्टुरेण्टहरु परेका छन् । क्वीन्सका उत्कृष्ट रेष्टुरेण्टहरुमा एउटामात्र भारतीय रेष्टुरेण्ट परेको छ भने ३ वटा चाइनिज रेष्टुरेण्टहरु परेका छन् । क्वीन्सको उत्कृष्टमा चेली रेष्टुरेण्ट परेको छ । न्युयोर्कको इस्ट भिलेज र फ्लशिंगमा रहेको यो रेष्टुरेण्ट चाइनिज रेष्टुरेण्ट हो ।

न्युयोर्क सिटीमा ३ दर्जनभन्दा धेरै नेपालीबाट संचालित वा नेपाली खाना उपलब्ध रेष्टुरेण्टहरु रहेतापनि उत्कृष्ट सूचीमा भने कुनै पनि नेपालीबाट संचालित वा नेपाली खाना उपलब्ध रेष्टुरेण्टहरु परेका छैनन् । भारतीय रेष्टुरेटमा ग्रिनवीच भिलेजमा सेमा उत्कृष्टमा परेको छ भने टप १०० को सूचीमा यो ७ नम्बरमा परेको छ । क्वीन्समा भने फ्लशिंगमा रहेको टेम्पल क्यान्टिन उत्कृष्ट भारतीय रेष्टुरेण्टमा परेको छ ।

यो सूची रेस्टुरेन्ट समीक्षक पीट वेल्सद्वारा संकलित गरिएको थियो, जसले २०१२ देखि न्युयोर्क टाइम्सका लागि खानाको बारेमा लेख्दै आएका छन्। उनले प्रवद्र्धनका लागि रकम नभएका रेष्टुरेण्टहरुलाई समीक्षाको प्राथमिकता दिदै आएका छन् । क्वीन्समा रहेका कैयन नेपाली रेष्टुरेण्टहरुको न्युयोर्क टाइम्समा समेत समीक्षा आउने गरेतापनि उनीहरुले उत्कृष्टको सूचीमा पार्न भने सकेका छैनन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

नेपाली रेष्टुरेण्टहरुमा मम निकै लोकप्रिय रहदै आएको छ । यो नेपालीबाहेकले समेत मन पराउने परिकारका रुपमा रहदै आएको छ । क्वीन्समा नेवारी स्वादका रेष्टुरेण्टहरु पनि लोकप्रिय छन् भने नियमित रेष्टुरेण्टहरुले पनि नेवारी खानाका स्वाद पस्किने गरेका छन् । तर उत्कृष्टमा पर्नका लागि भने अब नेपाली रेष्टुरेण्टहरुले आफ्नो गुणस्तर बृद्धि गर्नुपर्ने बेला भएको छ ।

न्युयोर्क टाइम्समा प्रकाशित टप १०० रेष्टुरेण्टको सूची हेर्न यहाँ क्लीक गर्नुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com