दक्षिण अफ्रिकामा मान्छेको मासु खाने खुलासापछि खैलाबैला


प्रकाशित मिति : भाद्र १३, २०७४ मंगलबार

दक्षिण अफ्रिकाको क्वाजुलु-नटाल प्रान्तको शायामोया गाउँमा टाउको विनाको एउटा शव भेटिएपछि स्थानीयवासीमा अहिले त्रास फैलिएको छ।

गत जुलाइ महिनादेखि हराइरहेकी २५ वर्षीया जानेले लाशवेयो मान्छेको मासु खाने एउटा समूहको शिकार बनेको ठानिएको छ।

सो समूहसँग सम्बद्ध भएको आशंकामा अहिलेसम्म पाँचजना पक्राउ परेका छन्।

झाक्री

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आरोपितको घरबाट सुटकेसभित्र राखिएका विभिन्न मानव अंगहरु फेला पारिएको प्रहरीले बताएको छ

परम्परागत उपचारकले गत हप्ता प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि कुहिएको अवस्थामा लाशवेयोको शव भेटिएको थियो।

मान्छेका कान

ती उपचारकले मान्छेको मासु खाँदा-खाँदै आफूलाई दिक्क लागिसकेको प्रहरीसमक्ष बयान दिएका छन्।

शुरुमा प्रहरीले उनको कुरा पत्याएनन्।

झाक्री
प्रहरीले हराइरहेकी २५ वर्षीया जानेले लाशवेयोको शव यी ठूला ढंगाभित्र फेला पारेको थियो

प्रमाणको रुपमा ती उपचारकले रक्ताम्मे हात र पैतला देखाएपछि प्रहरीले तत्काल उनलाई गिरफ्तार गर्‍यो।

त्यसपछि उनले आफू भाडामा बस्दै आएको घरमा प्रहरी अधिकारीहरुलाई लगे, जहाँ प्रहरीले पकाउने भाँडामा मान्छेका आठवटा कान फेला पारे।

उपचारकले मान्छेका कानहरु आफ्ना ग्राहकका लागि राखेको ठानिएको छ।

ग्राहकहरुलाई कानमा चमत्कारी शक्ति रहेको र त्यो खाएपछि पैसा, शक्ति र सुरक्षा दिने भनिएको थियो।

डीएनए परीक्षण

सुटकेसभित्र अरु मानव अंगहरु पनि भेटाइएको थियो।

झाक्रीको झुपडीमा भएका मानव अंगहरुका बीच लाशवेयोको शव र च्यातिएका लुगाहरु भेटिएका थिए।

झाक्री
जानेले लाशवेयोको परिवारका सदस्यले निर्मता साथ उनको हत्या गरिएको हुनसक्ने बताएका छन्

उनको परिवारका सदस्यले लाशवेयोका लुगाहरु चिनेका थिए।

प्रहरीले लाशवेयोकै शव भएको सुनिश्चित गर्न उनका दुई वर्षीय छोरासँग डीएनए मिलाउने प्रयास भइरहेको जनाएको छ।

लाशवेयोको परिवारले अझै उनको अन्तिम संस्कार गरिसकेको छैन।

आँसु पुछ्दै लाशवेयोकी नोजिफो एन्टेलेले भनिन्, “हामीले अनुमान मात्रै लगाउन सक्छौँ कि लाशवेयोले जिन्दगीका लागि कसरी भिख मागेकी होलिन्, उनले निकै पीडादायी मृत्यु पाइन्।”

बचाउने प्रयास

“लाशवेयोका लुगाहरु धुँलो र घाँसले छोपिएका थिए जसको अर्थ आफूलाई बचाउन उनले निकै प्रयास गरेकी होलिन्।”

डकूर भन्ने ठाउँ नजिकै एउटा घर भाडामा लिएर ती उपचारक बस्दै आएको बताइएको छ।

ती उपचारकलाई ‘मोन्योवु’ नामले बोलाउने गरिएको छ जसको अर्थ स्थानीय जुलु भाषामा ‘भ्रष्ट’ हुन्छ।

उनले फिलानी मगुबाने नाम गरेका व्यक्तिबाट उक्त घर भाडामा लिएको बताएका छन्।

आरोपित परम्परागत उपचारक भाडामा लिएर यहीं घरमा बस्दै आएका थिए।

उपचारकको मतियार भएको आरोपमा मगुबानेका भाइलाई पनि प्रहरीले पक्राउ गरेको छ।

मगुबानेले भने, “म निकै स्तब्ध छु कि मेरो भाइले पनि ती उपचारकका परी कथाहरुमा विश्वास गर्‍यो, उपचारकले उसलाई धनी बनाइदिने आश्वास दिएका थिए।”

दुई महिनाअघि मात्रै ती उपचारक त्यहाँ सरेका थिए।

जागिर खोज्दै गरेका आफ्ना भाइसहित अरु तीनजना युवालाई ती उपचारकले आफ्नो लागि काम गर्न लगाएको मगुबानेले बताएका छन्।

स्थानीयवासी स्तब्ध

उपचारकले जादु गर्नका लागि भन्दै मध्यराततिर मानिसहरुको चिहान खन्न ती युवाहरुलाई पठाउने गरेको बताइएको छ।

मान्छेका मासु खाने गरेका झाक्री गत हप्ता अदालतमा उपस्थित भएपछि स्थानीय राजनीतिककर्मी थेम्बेनी माजोलाले समुदायको बैठक बोलाए।

मानिसहरुलाई नडराउन सल्लाह दिँदै उनले भने, “अधिकांश स्थानीयवासी स्तब्ध छन् र अहिले डरमा बाँचिरहेका छन्।”

झाक्री
दक्षिण अफ्रिकी परम्परागत उपचारकहरुको संगठनकी अध्यक्ष फेप्साइल मासेकोले मान्छेको मासु खाने गरिएको कुराको निन्दा गरेकी छन्

दक्षिण अफ्रिकी परम्परागत उपचारकहरुको संगठनकी अध्यक्ष फेप्साइल मासेकोले मान्छेको मासु खाने गरिएको कुराको निन्दा गरेकी छन्।

‘मोन्योवु’ नक्कली उपचारक भएको बताउँदै उनले धनी बन्ने प्रयासमा ती व्यक्तिले आफूहरुको ‘सम्मानित पेसालाई बदनाम गरेको’ बताइन्।

मान्छेको मासु खाने गरेको आरोप लागेका पाँच जनालाई सोमवार अदालतसमक्ष उपस्थित गराइँदा बाहिर प्रदर्शन भइरहेको थियो।

उनीहरुलाई जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेको थियो र सेप्टेम्बर महिनाको अन्त्यतिर उनीहरुलाई पुनः अदालतमा उपस्थित गराइनेछ।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com