अमेरिकामा गोली हानेर ४ को हत्या गर्ने बालकका बाबुआमालाई १५ बर्षसम्म जेल सजाय


प्रकाशित मिति : चैत्र २७, २०८० मंगलबार

अमेरिकाको मिसिगनमा ४ जनाको ज्यान जानेगरी गोली चलाउने बालकका बाबुआमालाई १० देखि १५ बर्षसम्म जेल सजाय सुनाइएको छ । आफ्ना छोरालाई चार सहपाठी विद्यार्थीको हत्या गर्नबाट रोक्न असफल भएकोमा अनैच्छिक हत्याको आरोपमा जेनिफर र जेम्स क्रम्बलीलाई अदालतले दोषी ठहर गरेकोमा प्रत्येकलाई मंगलबार १० देखि १५ वर्षको जेल सजाय सुनाइएको हो ।

तिनीहरूका छुट्टाछुट्टै जूरी परीक्षणहरू फेब्रुअरी र मार्चमा उनीहरुलाई दोषी ठहर गर्दै समाप्त भएका थिए । बच्चाको कारणबाट भएको सामुहिक गोलीकाण्डमा मृत्युका लागि बाबुआमालाई दोषी ठहराइएको अमेरिकामा यो पहिलो घटना हो ।

अनैच्छिक हत्याको आरोपमा मिशिगनमा १५ वर्षसम्मको जेल सजाय हुन्छ । अभियोजकहरूले गत हप्ता अदालतमा दायर गरेको सजायको मेमोमा क्रम्बली दम्पत्ति प्रत्येकलाई कम्तिमा १० वर्ष जेल सजायको माग गरिएको थियो । दुवै दुई वर्षभन्दा बढी समयदेखि जेलमा रहेका छन् र सुनुवाइको पर्खाइमा रहेको समयको लागि उनीहरुले क्रेडिट पाउनेछन्। उनीहरुलाई आफ्ना छोराको राम्रोसँग हेरचाह गर्न नसकेकोमा दोषी ठहर गरिएको हो ।

१५ बर्षका इथान क्रम्बली

सन् २०२१ को नोभेम्बर ३० मा अक्सफोर्ड हाइस्कुलमा भएको गोलीकाण्डमा ४ जना विद्यार्थीको मृत्यु भएको थियो भने अन्य ७ जना घाइते भएका थिए । घटनामा संलग्न भएको अभियोगमा १५ बर्षका विद्यार्थी इथान क्रम्बलीलाई पक्राउ गरिएको थियो । इथान क्रम्बलीले पहिलो डिग्री हत्या सहित २४ आरोपहरूमा दोषी स्वीकार गरेपछि गत वर्ष बिना परोल आजीवन कारावासको सजाय सुनाइएको थियो । त्यो निर्णयको पुनरावेदन गर्न उनी अझै योग्य छन्। उनका आमाबाबुले पनि पुनरावेदन गर्न सक्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुबै आमाबाबुको सुनुवाईमा अभियोजकहरूले गोलीकाण्डको बिहान हिंसात्मक चित्र बनाएपछि आफ्नो छोरालाई स्कूलबाट हटाउन असफल भएको तर्क गरेका थिए । यसमा मद्दतको लागि लिखित निवेदन समेत दिन सकिने भएतापनि बाबुआमाले कुनै कदम चालेका थिएनन् ।

क्रम्बलीले खरिद गरेको ह्यान्डगनमा इथानको पहुँचलाई पनि जोड दिइएको थियो । आमाले उनको छोराले आफ्नो मानसिक स्वास्थ्यसँग संघर्ष गरिरहेको संकेतहरू थाहा नपाएको र गोलीकाण्ड हुनु केहीदिन अगाडि बन्दुक भएको स्थानमा जान दिएको समेत अभियोजकहरुले जोड दिएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com