दुर्गममा पाठयपुस्तक पुगे , अब काठमाण्डौमा बितरण गर्ने तयारी


प्रकाशित मिति : चैत्र २६, २०८० सोमबार

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ ।

चैत १३ गतेसम्म कूल १ करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिनुभयो । उहाँले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिनुभयो । अनुसार सोमबारदेखि सोलुखुम्बु, बाँकै र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको छ ।

कैलालीमा भने मंगलबार देखि पुस्तक बिक्री सुरु गरिनेछ । उहाँले यही चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताउनुभयो । स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उहाँको भनाइ छ ।

उहाँले सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि रकम निकासा भएको बताउनुभयो । दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि काठमाडौं उपत्यकामा सुरु गरिने उहाँको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com