अमेरिकी सिनेटर बर्नी स्याण्डर्सको कार्यालयमा आगो लगाउने संदिग्ध पक्राउ


प्रकाशित मिति : चैत्र २५, २०८० आईतबार

सिनेटर बर्नी स्यान्डर्सको भर्मन्ट कार्यालयमा आगलागीको सम्बन्धमा आइतवार एक संदिग्धलाई पक्राउ गरिएको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ । विगतमा माइकल सोगोमोनियन भनेर चिनिने क्यालिफोर्नियाको नर्थरिजको ३५ वर्षीय शान्त सोघोमोनियनलाई बर्लिङ्टन, भर्मन्टमा स्यान्डर्सको कार्यालय रहेको भवनलाई क्षति पुर्‍याउन आगो लगाएको आरोपमा आइतवार पक्राउ गरिएको हो ।

सोघोमोनियन शुक्रबार बिहान भवनमा प्रवेश गरेर स्यान्डर्सको बर्लिंगटन कार्यालय रहेको तेस्रो तल्लामा गएको अदालतको रेकर्डमा जनाइएको छ । संदिग्ध व्यक्तिले कार्यालयको बाहिरी ढोका नजिकै तरल पदार्थ छर्केको भिडियोमा देखिएको छ । हातमा समातिएको लाइटरले आगो लगाएको जनाइएको छ ।

सिनेटर बर्नी स्याण्डर्स

आगोले स्यान्डर्सको कार्यालय र वरपरका क्षेत्रहरूको ढोकाको बाहिरी भागमा क्षति गरेको थिषे । आगलागीको समयमा स्यान्डर्सका धेरै कर्मचारीहरू कार्यालयमा थिए तर घटनाको क्रममा उनीहरूलाई शारीरिक चोट भने लागेको थिएन । त्यस समयमा भवनमा रहेका अन्य व्यक्तिको संख्या भने अज्ञात रहेको छ, तर कुनै चोटपटक रिपोर्ट गरिएको छैन।

आगलागीपछि उक्त भवनमा शुक्रबार अग्निनियन्त्रकहरूलाई पठाइएको थियो। तिनीहरूले लिफ्ट र स्यान्डर्स कार्यालयको प्रवेशद्वारको बीचमा रहेको भेस्टिबुलमा आगोलागेको फेला पारेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी मजिस्ट्रेट न्यायाधीश केभिन जे डोयल समक्ष सोगोमोनियनको प्रारम्भिक उपस्थिति अझै तय गरिएको छैन। उनी दोषी प्रमाणित भएमा पाँच देखि २० वर्षको जेल सजाय हुनेछ भने अधिकतम २ लाख ५० हजार जरिवानाको सामना गर्नुपर्नेछ।

८२ वर्षीय स्यान्डर्स सिनेटको तेस्रो कार्यकालमा छन् । उनले त्योभन्दा पहिले १६ वर्ष प्रतिनिधिसभा सदस्यका रुपमा सेवा गरेका थिए । त्यो भन्दा पहिले उनी बर्लिंगटनको मेयर थिए, जहाँ उनी आफ्नी श्रीमतीसँग बस्छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com