भोलि शताब्दीको पहिलो खग्रास सूर्य ग्रहण हेर्दै न्युयोर्कबासी, के दिउसै अध्याँरो हुन्छ?


प्रकाशित मिति : चैत्र २५, २०८० आईतबार

city with high-rise buildings during night time

८ अप्रिल २०२४ को दिउँसो खग्रास सूर्यग्रहणले न्युयोर्क राज्यको पश्चिमी र उत्तरी भागहरूलाई समेट्नेछ। यो लगभग एक शताब्दीमा पहिलो यो प्रकारको खग्रास सूर्यग्रहण हो  ।  दिउसो ३ बजेर १५ मिनेटदेखि ३ बजेर ३० मिनेटसम्म १५ मिनेट भन्दा कम अवधिमा पृथ्वी र सूर्यको बीचबाट चन्द्रमा जानेछ । जसले गर्दा साढे १ मिनेटदेखि साढे ३ मिनेटसम्म दिउसोको समय रातीमा जस्तै पूर्णरुपमा अन्धकार हुनेछ ।

यद्यपी न्युयोर्क सिटीमा भने पूर्णरुपमा अन्धकार हुनेछैन । न्युयोर्क सिटीमा दिउसो ३ बजेर २५ मिनेटमा ९१ प्रतिशत सूर्य छेकिनेछ । तर यो दृश्य हेर्नका लागि ग्रहण हेर्न लगाइने विशेष प्रकारको चश्मा लगाउनुपर्छ । नत्र आँखामा  क्षति हुनसक्छ ।

राज्यको दक्षिणपश्चिमी भागमा खग्रास सूर्यग्रहण सबा ३ बजे पछि प्रवेश गर्नेछ भने उत्तरी न्युयोर्कबाट साढे ३ बजे मात्र प्रस्थान गर्नेछ। यस मार्ग भित्रका शहरहरूमा जेम्सटाउन, बफेलो, रोचेस्टर, सिराक्यूज, वाटरटाउन, ओल्ड फोर्ज, लेक प्लासिड र प्लैट्सबर्ग लगायत छन् ।

woman in black T-shirt standing beside woman in gray top
सूर्य ग्रहण हेर्नका लागि सुरक्षित चस्माहरुको प्रयोग गर्नुपर्छ ।

मार्गबाहिर रहेका राज्यका अन्य क्षेत्रहरू पनि आकाशीय तमाशा हेर्न भने सकिनेछ । राज्यमा सबैभन्दा कम कभरेज लङ आइल्याण्डमा हुनेछ, त्यहाँ ८८ प्रतिशत सूर्य छेकिनेछ  । न्युयोर्क राज्यको राजधानी क्षेत्रमा ९६ प्रतिशत सूर्य छेकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एलेगनी स्टेट पार्क, फेयर हेवन बीच स्टेट पार्क, लेचवर्थ स्टेट पार्क, इवांगोला स्टेट पार्क, फोर माइल क्रीक स्टेट पार्क, गोल्डन हिल स्टेट पार्क, वेलेस्ले आइलैंड स्टेट पार्क ग्रहण हेर्नका लागि उत्कृष्ट स्थानका रुपमा लिइएको छ । वेबसाइटमा शिक्षकहरू, परिवारहरू र बच्चाहरूको लागि स्रोतहरूका साथै विभिन्न फोटोहरू र सूर्यग्रहणको बारेमा बारम्बार सोधिने प्रश्नहरू पनि समावेश छन्।

ती पार्कहरुमा आफ्नो स्थान सुरक्षित गर्न रिभर्जका लागि यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com