भूकम्पको १ घण्टापछि न्युजर्सीको बेडमिनिष्टर नजिक केन्द्रबिन्दु बनाएर गयो पराकम्प


प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार

aerial photography of buildings

मुख्य भूकम्पको झण्डै १ घण्टापछि न्युजर्सीको बेडमिनिष्टर नजिक केन्द्रबिन्दु बनाएर पराकम्प गएको युएस जियोलोजिकल सर्भेले जनाएको छ । तर यो पराकम्प जम्मा २ रेक्टर स्केलको भएकाले धेरैले अनुभव नगरेको जनाइएको छ । पराकम्प ११ बजेर २० मिनेटमा गएको जनाइएको छ ।

न्युयोर्क सिटीले भूकम्प गएको झण्डै ४० मिनेटपछि ११ बजेर २ मिनेटमा सिटीका बासिन्दाहरुको फोनमा अलर्ट पठाएको थियो । आपतकालिन अवस्थामा जवाफ दिनमा ढिलो गर्दै आएको आलोचना खेप्दै आएको न्युयोर्क सिटीले अलर्ट पठाउन गरेको ढिलाइको पनि आलोचना भएको छ । त्यस्तै पराकम्प जानसक्ने अलर्ट पनि पराकम्प गएको झण्डै २५ मिनेटपछि पठाएको थियो ।

न्युयोर्क सिटी इमर्जेन्सी म्यानेजमेन्टले खतरामा भएको भएमा मात्र ९११ मा फोन गर्न र आपतकालिन अवस्थाबाहेक अन्य रिपोर्ट गर्न ३११ मा फोन गर्न सुझाव दिएको छ । साथीहरु र परिवारलाई आफ्नो अवस्थाबारे जानकारी दिन सुझाव दिइएको छ, किनभने यसबाट तपाईं ठीक भए नभएकोबारे जानकारी हुनेछ । फोन लाइनहरू व्यस्त हुनसक्ने भएकाले टेक्स्ट मेसेजहरु पठाउन सुझाव दिइएको छ ।साथै आफ्ना छिमेकीहरुको अवस्था ठीक भए नभएको जाँच गर्न सुझाव दिइएको छ ।

आजविहान १० बजेर २३ मिनेटमा न्युयोर्क सिटीमा भूकम्पको धक्का महसुस भएको हो । युएस जियोलोजिकल सर्भेका अनुशार उक्त भूकम्प न्युजर्सीको ह्वाइटहाउस स्टेशनबाट ७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु भएर गएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

buildings near body of water landscape photography
Photo by Mike C. Valdivia

भूकम्पबाट कुनै क्षति र चोटपटक नभएको न्युयोर्क प्रहरीले जनाएको छ । सुनामीबारे कुनै चेतावनीहरु पनि जारी गरिएको छैन । न्युयोर्क सिटीमा यस्तो भूकम्प दुर्लभ मानिने भएकाले स्थानीयबासिहरु त्रसित भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com