न्युयोर्क सिटी क्षेत्रमा आजको भूकम्प १४० बर्षको इतिहासमा सबैभन्दा ठूलो


प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार

aerial photography of Empire State building

न्युयोर्क सिटी क्षेत्रमा आज आएको भूकम्प १४० बर्षको  इतिहासमा सबैभन्दा ठूलो भएको जनाइएको छ । कोलम्बिया युनिभर्सिटीको तथ्यांक अनुशार सन् १८८४ मा  न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएदेखि न्युयोर्क सिटी क्षेत्रमा त्यती ठूलो भूकम्प गएको थिएन ।

त्योभन्दा अगाडि  सन्  १७८३ मा न्युजर्सी केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको    भूकम्प गएको थियो । सन् १७३७ मा न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

न्युयोर्क सिटीमा पछिल्लो सबैभन्दा ठूलो भूकम्प सन् २००१ को अक्टोबर २७ मा न्युयोर्क सिटीको म्यानहटन केन्द्रबिन्दु बनाएर गएको थियो, जुन २ दशमलव ६ रेक्टर स्केलको थियो । सन् २००१ को जनवरी १७ मा न्युयोर्क सिटीको म्यानहटन केन्द्रबिन्दु बनाएर गएको भूकम्प २ दशमलव ४ रेक्टर स्केलको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटीमा आजको भूकम्प ४ दशमलव ८ रेक्टर स्केलको रहेको युएस जियोलोजिकल सर्भेले जनाएको छ । सुरुमा भूकम्प ४ दशमलव ८ रेक्टर स्केलको भएको युएस जियोलोजिकल सर्भेले जनाएकोमा पछि सच्याएर ४ दशमलव ७ बनाएको थियो । पछि पुन ४ दशमलव ८ रेक्टर स्केल बनाइएको छ । आजविहान १० बजेर २३ मिनेटमा न्युयोर्क सिटीमा धक्का महसुस गरिएको हो ।

भूकम्पबाट कुनै क्षति र चोटपटक नभएको न्युयोर्क प्रहरीले जनाएको छ । सुनामीबारे कुनै चेतावनीहरु पनि जारी गरिएको छैन । न्युयोर्क सिटीमा यस्तो भूकम्प दुर्लभ मानिने भएकाले स्थानीयबासिहरु त्रसित भएका छन् ।

भूकम्पको धक्का न्युयोर्क, न्युजर्सी र कनेक्टिकटसम्म अनुभव गरिएको थियो । न्यु जर्सीदेखि लङ आइल्याण्डसम्म भवनहरू हल्लिएका रिपोर्टहरू आएका छन् । न्युयोर्क गभर्नर क्याथी होकुल र न्युयोर्क सिटीका मेयर एरिक एडम्सलाई भूकम्पबारे जानकारी दिइएको छ।

अगाडिको विवरणमा भएको त्रुटी सच्याइएको छ ।-  सं.

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com