भूकम्पपछि न्युयोर्क सिटीमा आपतकालिन अलर्ट जारी, सबैलाई घरभित्रै बस्न सुझाव


प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार

न्युयोर्क सिटीमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएपछि न्युयोर्क सिटीले एक आपतकालिन अलर्ट जारी गर्दै न्युयोर्कका बासिन्दाहरुलाई घरभित्र बस्न सुझाव दिएको छ भने कोही घाइते भएमा ९११ मा फोन गर्न सुझाव दिइएको छ । उक्त आपतकालिन अलर्टहरु स्थानीयबासिन्दाका फोनहरुमा पठाइएको थियो ।

त्यस्तै न्युयोर्क सिटी इमर्जेन्सी म्यानेजमेन्टले खतरामा भएको भएमा मात्र ९११ मा फोन गर्न र आपतकालिन अवस्थाबाहेक अन्य रिपोर्ट गर्न ३११ मा फोन गर्न सुझाव दिएको छ । साथीहरु र परिवारलाई आफ्नो अवस्थाबारे जानकारी दिन सुझाव दिइएको छ, किनभने यसबाट तपाईं ठीक भए नभएकोबारे जानकारी हुनेछ । फोन लाइनहरू व्यस्त हुनसक्ने भएकाले टेक्स्ट मेसेजहरु पठाउन सुझाव दिइएको छ ।साथै आफ्ना छिमेकीहरुको अवस्था ठीक भए नभएको जाँच गर्न सुझाव दिइएको छ ।

 

आजविहान १० बजेर २३ मिनेटमा न्युयोर्क सिटीमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो । युएस जियोलोजिकल सर्भेका अनुशार उक्त भूकम्प न्युजर्सीको ह्वाइटहाउस स्टेशनबाट ७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु भएर गएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

buildings near body of water landscape photography
Photo by Mike C. Valdivia

भूकम्पबाट कुनै क्षति र चोटपटक नभएको न्युयोर्क प्रहरीले जनाएको छ । सुनामीबारे कुनै चेतावनीहरु पनि जारी गरिएको छैन । न्युयोर्क सिटीमा यस्तो भूकम्प दुर्लभ मानिने भएकाले स्थानीयबासिहरु त्रसित भएका छन् ।

भूकम्पको धक्का न्युयोर्क, न्युजर्सी र कनेक्टिकटसम्म अनुभव गरिएको थियो । न्यु जर्सीदेखि लङ आइल्याण्डसम्म भवनहरू हल्लिएका रिपोर्टहरू आएका छन् । न्युयोर्क गभर्नर क्याथी होकुल र न्युयोर्क सिटीका मेयर एरिक एडम्सलाई भूकम्पबारे जानकारी दिइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com