न्युयोर्क क्षेत्रमा हिंस्रक चट्याङले १ को मृत्यु, स्ट्याचु अफ लिबर्टीमा प्रहार, ५० हजार विद्युतविहीन


प्रकाशित मिति : चैत्र २२, २०८० बिहीबार

building under darkness

न्युयोर्क सिटी क्षेत्रमा हिंस्रक आँधीबेहरी र चट्याङले रुख र बिजुलीका लाइन ढाल्दा कम्तिमा १ को मृत्यु भएको छ । अर्मोन्कमा कारमा रूख ढलेर लागेपछि एकजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। ६० माइल प्रतिघण्टाको गतिमा चलेको हावाले कैयन उडानहरु रद्द भए भने तीनवटा राज्यका झण्डै ५० हजार बासिन्दाहरू बिजुलीविहीन भएका थिए ।

न्युयोर्क र न्युजर्सीले विद्युत आपूर्तिमा अवरोधको सामना गर्नुपरेको हो । प्रत्येक राज्यले बिहान १० बजेसम्म कम्तिमा २० हजार घरमा विद्युत आपूर्तिमा अवरोध आएको रिपोर्ट गरेका छन् । विद्यतु आपूर्तिमा सबैभन्दा धेरै अवरोध क्रमशः वेस्टचेस्टर र मोनमाउथ काउन्टीहरूमा भएका थिए। कनेक्टिकटमा ६ हजार घरमा विद्युत आपूर्तिमा अवरोध रिपोर्ट गरिएको थियो ।

युटिलिटी कम्पनीहरुले प्रभावित ग्राहकहरूलाई सेवा पुनर्स्थापित गर्न काम गरिरहेको बताएका छन् । यद्यपि ठूलो उनीहरूको प्रयासमा बाधा पुगेको छ । एउटा कम्पनीले बेलुका ८ बजेसम्म १८० वटा तारहरू टुटेको र ३० भन्दा बढी पोलहरु भाँचिएको रिपोर्ट गरेको थियो। हावाहुरी बिहिबार बेलुकासम्म चल्ने अनुमान गरिएको छ । तापक्रममा आएको कमीले मामिलाहरूलाई जटिल बनाएको छ ।

कनेक्टिकटको फेयरफिल्ड काउन्टीमा ७० माइल प्रति घण्टाको दरले हावा चलेको थियो । ब्रूकफिल्डमा एउटा रूख कारमाथि थलेको थियो, कारमा आमा र तीन बच्चाहरू थिए भने उनीहरु किनमेलबाट घर फर्कदै थिए । गाडी ध्वस्त भएपनि परिवारलाई भने कुनै चोटपटक लागेन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधवार साँझ आँधीबेहरीका साथ स्ट्याचु अफ लिबर्टीमा चट्याङले प्रहार गरेको थियो । तल्लो क्षेत्रमा तटीय बाढी आएको थियो । क्वीन्सको ओजोन पार्क जस्ता न्युयोर्क सिटीका केही भागहरूमा ३ इन्चसम्म पानी परेको थियो । हिलसाइड लगायत न्युजर्सीका केही क्षेत्रहरूमा ४ इन्चसम्म पानी परेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com