लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्धारा राजिनामा , शुक्रबार माओवादीका महराले सपथ लिने संभाबना


प्रकाशित मिति : चैत्र २२, २०८० बिहीबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । विश्वासको मत लिनका लागि डाकिएको प्रदेश सभाको बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री चौधरीले पदबाट राजिनामा दिनुभएको हो । चौधरी गत वर्ष वैशाख १४ गते राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

बहुमत जुटाउन कसरत गरेपनि असफल भएपछि प्रदेश सभा बैठकमा सम्बोधन गर्दै चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । राजीनामा घोषणा गर्दै उहाँले अब बन्ने सरकारलाई गुण र दोषका आधारमा समर्थन र आलोचना गर्ने बताउनु भयो ।

मुख्यमन्त्रीको राजिनामा आएसंगै माओवादी केन्द्रका संसदिय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । गठबन्धनमा एमाले र माओवादी केन्द्रका बिचमा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रलाई नेतृत्व गर्ने अबसर दिने सहमति भएका कारण महरा मुख्यमन्त्री बन्ने करिव निश्चित जस्तैछ ।

महराले शुक्रबार नै सपथ लिने संभाबना रहेको छ । त्यसका लागि समर्थन गरेका दल संग संबादको प्रकृया अगाडि बढि सकेको माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले बताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि २०७९ साल पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा महरा करिब तीन महिना अर्थमन्त्री बन्नुभएको थियो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद निलम्बनमा रहेकाले अब भने ८६ सदस्य मात्रै कायम रहेका छन् ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४।४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३।३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १ । १ र एक स्वतन्त्र सांसद छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com