म्याद समाप्त नहुने ६ खाद्य पदार्थहरू


प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार

honey jar with honey comb

हामीले खानाहरु कहिलेसम्म प्रयोग गर्न सकिने भन्ने निर्धारण गर्न खानामा उल्लेख गरिएको म्याद हेरेर निर्णय गर्छौं । यद्यपी हामीले भर परेका मितिहरू सधैं खाना कति लामो समयसम्म प्रयोग गर्न उपयुक्त छ भन्ने कुराको सही तस्वीर भने होइन। प्रायः किराना उत्पादकहरूको लागि स्वैच्छिक प्रक्रिया अन्तरगत खानाको म्याद राख्छन्, जसले प्रायः उनीहरूको उत्पादनहरू कहिलेसम्म उत्कृष्ट गुणस्तरमा हुनेछन् भनेर अनुमान लगाउँछन्। तर केहि खाद्य पदार्थहरू म्याद सकिएको मिति लामो समय बितिसकेको भए पनि प्रयोग गर्न सुरक्षित छन्।

धेरैजसो खानेकुराहरू खराब हुँदा हानिकारक गन्ध उत्पन्न हुन्छ, तर भिनेगरले सधैं धेरै शक्तिशाली गन्ध दिन्छ, त्यसैले यसको गुणस्तरमा अनुमान गर्न पुरानो तरिकाले सुघेर परीक्षण गर्न गाह्रो हुन सक्छ। तर भिनेगर सुघेर परीक्षण गर्न आवश्यक छैन, किनकि भिनेगरको म्याद समाप्त हुँदैन। जब यिष्टले रक्सी सिर्जना गर्न चिनी वा स्टार्च खपत गर्दछ तब त्यो उप उत्पादन अक्सिजन र एसिटोब्याक्टर नामक ब्याक्टेरियाको सम्पर्कमा आउँछ, जसले अन्तिम अम्लीय उत्पादन सिर्जना गर्न जारी राख्छ। त्यो अम्लताले वास्तवमा भिनेगरलाई म्याद सकिनबाट जोगाउँछ । त्यसैले यसलाई सामान्यतया फ्रिजमा राख्न आवश्यक छैन।

clear glass bottle pouring red liquid on clear drinking glass

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मह सङ्कलन गर्ने आशामा मानिसले हजारौं वर्षदेखि मौरीको झुण्डलाई जोखिममा पारेपनि यो अनिश्चितकालसम्म प्रयोग गर्न सकिन्छ । महको अनिश्चितकालीन जीवन यसको चिनीयुक्त संरचनाको कारण हो । साथै महमा दुई अन्य संरक्षण तत्वहरु पनि हुन्छन् । यसमा ब्याक्टेरियाका लागि अनुपयुक्त अम्लीय पीएच स्तर । यसको चिपचिपा अवस्थाले अक्सिजन अवरोध सिर्जना गर्दा यो बिग्रन पाउँदैन । यद्यपि महका गुणहरू कायम राख्न महलाई आर्द्र अवस्थाबाट सुरक्षित राखिएको कन्टेनरमा भण्डार गर्नुपर्छ। युएसडीएले मह एक वर्ष भित्र उपभोग गर्दा सबैभन्दा राम्रो हुने सुझाव दिन्छ ।

चिनीको मीठो विशेषता भने खराब नहुनु हो । दानेदार चिनी ब्याक्टेरियाका लागि खराब बनाउन अप्ठ्यारो हुन्छ । त्यसैले तिनीहरू प्रायः जेली, जाम र डिब्बाबंद फलहरू जोगाउन प्रयोग गरिने प्राथमिक तत्व हुन्। चिनीको लामो जीवन कायम राख्न यसलाई सघनता वा आर्द्रताको कुनै पनि स्रोतबाट टाढा राख्नुपर्छ । अनिश्चित कालसम्म टिक्न सक्ने क्षमता भए पनि खाद्य भण्डारण विशेषज्ञका अनुशार चिनीको प्याकेट वा बट्टा खोलेको दुई वर्ष भित्र प्रयोग गर्नु उचित हुन्छ ।

त्यस्तै सेतो चामल पनि धेरैबर्ष प्रयोग गर्न सुरक्षित हुन्छ । ब्राउन राइसका रुपमा सुरु हुने र यसको बाहिरी भुसी, चोकर र कीटाणु हटाएपछि सेतो हुने यो चामल राम्रोसँग स्टोर गरेको खण्डमा धेरैबर्ष प्रयोग गर्न सकिन्छ । ओसिलो नराख्ने र घरपालुवा जनावरहरूबाट टाढा राख्ने गरेमा ४० डिग्री फरेनहाइट भन्दा कम तापक्रममा स्टोर गरिएको सेतो चामलको जीवनकाल २५ देखि ३० वर्षसम्म हुन्छ । तर तातो तापक्रममा भण्डारण गर्दा पनि अक्सिजन अवशोषकहरूले प्याक गरेमा यो १० वर्षसम्म टिक्न सक्छ। यद्यपि, सबै चामल लामो समयसम्म टिक्दैनन् । खोलिएको झोलाहरू दुई वर्ष भित्र प्रयोग गरिनुपर्छ । ब्राउन राइस कोठाको तापक्रममा भण्डारणमा लगभग छ महिना टिक्छ ।

त्यस्तै नुन पनि तपाईंको किचनमा अनिश्चितकालसम्म रहनसक्छ । नुन शताब्दीयौंदेखि मासु लगायतका खाद्य पदार्थहरु जोगाउन प्रयोग हुँदै आएको छ किनभने यो ब्याक्टेरियालाई रोक्न धेरै प्रभावकारी हुन्छ । पानीलाई हटाउने यसको क्षमताले नुनलाई असीमित रूपमा उपयोगी राख्छ, यद्यपि केही प्रकारका प्रशोधित नुनहरू समयसँगै गुणस्तरमा बिग्रने सम्भावना बढी हुन्छ । विशेष गरी आयोडिन वा एन्टि केकिंग नुन पाँचबर्ष भन्दा कम समयभित्र प्रयोग गरिन्छ। सादा नुन भने चिसो र सुख्खा ठाउँमा राखेको खण्डमा सधैंभरि रहन सक्छ ।

शुद्ध भेनिला एक्स्ट्र्याक्ट पनि यसमा हुने उच्च अल्कोहोल तत्वका कारण बिग्रदैन । समय वित्दै जाँदा यसले वास्तवमा अझ गहिरो स्वाद विकास गर्न सक्छ। नक्कल गरिएको भेनिला एक्स्ट्र्याक्ट भने लामो समय टिक्दैनन् । जबकि वास्तविक भेनिला भने अक्लोहलमा भेनिला बीन्स भिजाएर सिर्जना गरिन्छ । नक्कल गरिएको भेनिलाभने एकबर्षसम्म प्रयोग गर्न सकिन्छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com