अमेरिकाको इन्डियानामा गोली चल्दा १२ देखि १७ बर्षसम्मका ७ जना घाइते


प्रकाशित मिति : चैत्र १८, २०८० आईतबार

अमेरिकाको इन्डियाना राज्यको डाउनटाउन इन्डियानापोलिसमा शनिबार राति भएको गोलिकाण्डमा १२ देखि १७ वर्षका कम्तीमा सातजना घाइते भएका छन् । ठूलो समूह भेला भएको स्थानमा गोली चलेको प्रहरीले जनाएको छ ।

गस्तीमा रहेका प्रहरी अधिकारीहरूले स्थानीय समय अनुशार रातको साढे ११ बजे सर्कल सेन्टर मल नजिकै कैयन राउण्ड गोली चलेको सुनेका थिए । घटनास्थलमा पुग्दा त्यहाँ बालबालिकाहरुको ठूलो समुह रहेको थियो ।

सबै घाइते बालबालिकालाई स्थानीय अस्पतालमा लगिएको थियो । सातौं घाइतेलाई पछि क्षेत्रीय अस्पतालमा लगिएको थियो । सबै घाइतेहरुको अवस्था स्थिर रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के कारणले गोली चल्यो वा कति व्यक्तिले गोली चलाएको भन्ने स्पष्ट छैन। इन्डियानापोलिस प्रहरीका अनुसार आइतवार बिहानसम्म कुनै संदिग्धहरू पक्राउ परेका छैनन् । प्रहरीले घटनामा हतियारहरू प्रयोग भएको विश्वास गरेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रहरीले जमघटको प्रकृतिको बारेमा पनि जानकारी प्रदान गरेको छैन । प्रहरीले साँझमा किशोरहरूको ठूलो भीड शहरको क्षेत्र वरिपरि घुमिरहेको देखेको बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com