बिदेशी पर्यटकलाई बोलाएर घडियाल गोही राप्ती नदीमा किन छोडियो ?


प्रकाशित मिति : चैत्र १७, २०८० शनिबार

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्किएका २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । निकुञ्जको मुख्यालय कसरास्थित घडियाल गोही प्रजनन केन्द्रमा हुर्किएका २० वटा गोहीलाई राप्ती नदीमा छाडिएको हो ।

प्रजनन केन्द्रमा सात वर्ष पूरा भएका घडियाल गोहीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिकै रहेको राप्ती नदीमा छाडिएको हो । त्यस अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले बर्सेनि बाढीको समय घडियाल गोही बगेर भारत जाने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो ।

घडियाल गोही भरतपुर तथा चितवन र नवलपुरको पर्यटनको अर्को पहिचान भएकाले यसको संरक्षण गरी पर्यापर्यटनसँग जोड्नुपर्ने उहाँको धारणा थियो । महानगर प्रमुख दाहालले प्रजनन केन्द्रमा अहिले पनि अध्ययन अनुसन्धानका लागि धेरै विदेशी पर्यटक आउने गरेकाले अनुसन्धानको थलो बनेको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा पुनले घडियाल गोही विश्वका केही देशमा पाइने भएकाले यसको संरक्षण गर्न नदीलाई प्रदूषणमुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

घडियाल गोही नेपाल, भारत, पाकिस्तान, भुटान, बङ्गलादेशमा र म्यानमारमा करिब १० हजारको सङ्ख्यामा प्राकृतिक अवस्था विचरण गर्ने गरेको र यो सङ्ख्या सङ्कटग्रस्त भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोही संरक्षणका लागि २०३० सालमा स्थापना भएको प्रजनन केन्द्रले अण्डा सङ्कलन गरी वार्षिक दुई सय बच्चा उत्पादन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । निकुञ्जका अनुसार प्रजनन केन्द्रमा हुर्किएका एक हजार नौ सय १७ वटा गोही नदीमा छाडिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com