न्युयोर्क सिटीमा दिनदहाडै २ बर्षका बालकमाथि गोली प्रहार


प्रकाशित मिति : चैत्र १७, २०८० शनिबार

शनिबार न्युयोर्क सिटीमा दिनदहाडै २ बर्षका बालकमाथि गोली प्रहार भएको छ । शनिबार ब्रोन्क्समा गोली चल्दा एक २ वर्षीय बालकलाई चोट लागेको हो ।

बालकलाई दिउँसो १ बजेर ४५ मिनेटमा इस्ट फोर्डहम रोड र ग्रान्ड कन्कोर्समा दाहिने नितम्बमा चोट लागेको थियो । बालकको स्थिर अवस्थामा ज्याकोबी मेडिकल सेन्टरमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।

प्रत्यक्षदर्शीहरुले ६ राउण्ड गोली चलेको आवाज सुनेको बताएका छन् । त्यसपछि उक्त क्षेत्रमा भागदौड मच्चिएको थियो । प्रत्यक्षदर्शीहरुले तीन अपराधीहरू दौडिरहेको देखेको बताएका छन् । त्यसपछि बालकलाई भुईमा लडेको अवस्थामा फेला पारिएको थियो ।

मेयर एरिक घटना स्थलको संक्षिप्त सर्वेक्षण गरेका थिए भने अनुसन्धानकर्ताहरुसँग कुराकानी गरेका थिए । शनिबार ढिलोसम्म प्रहरीले गोली चलाउनुको कारणबारे अनुसन्धान गरिरहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले घटनामा संलग्न भएको आशंका ३० बर्षका व्यक्तिलाई खोजिरहेको छ । संदिग्ध अन्तिम पटक क्रिसेन्ट एभिन्यूमा उत्तरतर्फ दौडिरहेको देखिएको थियो । प्रहरीले घटनास्थलबाट धेरै शेल क्यासिङहरू बरामद गरेको छ ।

गोलीकाण्ड क्यापिटल वान बैंकको अगाडि भएको प्रहरीले बताएका छन् । बन्दुकको गोली लागेर टीडी बैंकको सडकको सिसा पनि चकनाचुर भएको थियो । क्रस फायरमा बालक घाइते भएको वा घटनामा धेरैजना व्यक्ति संलग्न भए नभएकोबारे निक्यौल गर्न अनुसन्धान भइरहेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com