हुलाकबाट भेराइजनको यस्तो पोष्टकार्ड आयो? १०० डलर दावी गर्ने अवधि अप्रिल १५ सम्म


प्रकाशित मिति : चैत्र १७, २०८० शनिबार

केही भेराइजन ग्राहकहरूले  हुलाकमा अप्रत्याशित रुपमा पत्र वा पोष्टकार्ड प्राप्त गर्नसक्छन् । एउटा मुद्दामा भेराइजनले १ सय मिलियन डलरको सम्झौता गरेपछि उक्त सम्झौताको भागको रूपमा ग्राहकहरुले केही रकम प्राप्त गर्नेछन् ।

योग्य ग्राहकहरूले पोस्टकार्डहरू वा इमेलहरू प्राप्त गर्दैछन् जसमा उनीहरूलाई अप्रिल १५ सम्ममा १ सय डलरसम्म प्राप्त गर्नको लागि दाबी फाइल गर्न सुझाव दिइएको हुन्छ । भेराइजनलाई अनुचित र पर्याप्त रूपमा खुलासा नगरिएको शुल्क लिएको आरोपमा दायर गरिएको मुद्दामा भएको सहमति अनुरुप यो रकम सेवाग्राहीले पाउन लागेका हुन् ।

भेराइजनले प्रशासकीय शुल्कका नाममा शुल्क लिएको थियो । त्यो शुल्क कम्पनीको योजनाको विज्ञापन गरिएको मासिक शुल्कमा खुलासा गरिएको थिएन र भ्रामक र अनुचित तरिकामा लिएको मुद्दामा दावी गरिएको थियो । भेराइजनले दावीहरूलाई अस्वीकार गरेको छ । तर पनि रकम तिर्न भने सहमत भएको छ ।

यो सम्झौता न्यू जर्सी अदालतमा ल्याइएका चार फरक मुद्दाहरूको परिणाम हो, जहाँ भेराइजनको मुख्यालय समेत रहेको छ ।

लुकेका शुल्कहरूबाट उपभोक्ताहरूमात्र आक्रोशित छैनन्, बाइडेन प्रशासनको क्रोध पनि देखिएको छ । गत अक्टोबरमा बाइडेन प्रशासनले व्यवसायहरूलाई लुकेको वा भ्रामक शुल्कहरू चार्ज गर्नबाट प्रतिबन्ध लगाउने एक प्रस्तावित नियम ल्याएको थियो ।

१ सय डलरसम्म रकम पाउन अनलाइन आवेदन दिनुपर्छ । त्यसका लागि एउटा विशेष वेबसाइट सुरु गरिएको छ। त्यसमा आफ्नो भेराइजनको फोन नम्बर र रकम प्राप्त गर्ने विधि दिन आवश्यक हुन्छ । यो फर्म भरेपछि कम्तीमा १५ डलरसम्म रकम पाउन सकिन्छ भने अधिकतम पाउनेले १ सय डलर पाउनेछन् ।

तर भुक्तानी प्राप्त गर्नको लागि १ जनवरी २०१६ देखि ८ नोभेम्बर २०२३ भित्रको कुनै समयमा भेराइजनको पोस्टपेड वायरलेस एकाउन्ट वा डाटा योजनाहरू प्रयोग गरेको हुनुपर्छ ।

आफ्नो रकम दावी गर्न यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com