न्युयोर्क सिटीमा फूल्न थाले ४० हजार चेरीका बोट, चेरी फूलेको कहाँ गएर हेर्ने ?


प्रकाशित मिति : चैत्र १७, २०८० शनिबार

woman standing beside handrail looking upwards near birdge

न्युयोर्क सिटीमा वसन्त ऋतु फेरि आएको छ । यस क्षेत्रका चेरीका फूलहरू फेरि फुलेका छन्।  न्युयोर्क सिटीका पार्कमा लगभग ६ हजार चेरीका रूखहरू रहेका छन् भने स्ट्रीटहरुमा ३४ हजार भन्दा धेरै चेरीका रुखहरु छन् ।

पहिलो चेरी फूलहरू देखिएको ब्रुकलिन बोटानिक गार्डेनले घोषणा गरिसकेको छ । चेरी रूखहरूको विविधता अनशार न्युयोर्क सिटीमा मार्चको अन्त्यदेखि मध्य अप्रिलसम्म चेरी फूलेको हेर्न सकिन्छ ।

Photo by Juliana Malta on Unsplash

पार्क विभागले फूल हेर्नका लागि सुझाव गरिएका ठाउँहरूको सूची कम्पाइल गरेको छ । जसमध्ये ब्रुकलिन बोटानिक गार्डेन वसन्तऋतुमा धेरैका लागि मनपर्ने स्थान हो जो चेरीका रूखहरूबाट झर्ने गुलाबी फूलहरूले भरिएको मैदानमा घुम्न चाहन्छन्।

अन्य छनोटहरूमा म्यानहट्टनको साकुरा पार्क, क्वीन्सको फ्लसिङ मीडोज कोरोना पार्क, ब्रोंक्सको पेल्हम बे पार्क र स्टेटन आइल्याण्डको सिल्भर लेक पार्क समावेश छन् । यी बाहेक अन्य स्थानहरु पनि छनौट गर्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Photo by Richard Lu on Unsplash

उत्तरी न्यु जर्सीको ब्रान्च ब्रुक पार्क एसेक्स काउन्टी चेरी ब्लोसम फेस्टिभलमा भाग लिन खोज्नेहरूका लागि एक विकल्प हो, जुन अप्रिल १६ सम्म चल्छ। न्यु जर्सीले लामो समयदेखि उत्कृष्ट पिज्जा र बेगलहरुहरूसँगै यसले अझ बढि गर्व गर्दछ। किनभने त्यहाँ वाशिंगटन, डीसीमा भन्दा धेरै चेरी रूखहरूका छन् ।

न्युयोर्कमा चेरी फूलेको हेर्न कहाँ कहाँ जाने ? सम्पूर्ण सुची यहाँ हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com