ह्यारी भण्डारीको चुनावी अभियानको लागि वासु फुलाराको संयोजकत्वमा सहयोग समूह गठन


प्रकाशित मिति : चैत्र १६, २०८० शुक्रबार

मेरिल्याण्ड राज्यको डिष्टिक २ वाट कंग्रेशनल चुनावको लागि उमेदवारी दिनुभएका नेपाली मूलका पहिलो विधायक डा हयारी भण्डारीको चुनावी अभियानलाई सहयोग, आर्थिक सहायता र स्वयंसेवक समेत परिचालन गर्नका लागि एक समिति गठन गरिएको छ । विहीवार अमेरिका भरका संघसंस्थाका प्रतिनिधी, प्रवुद्ध समूह, विभिन्न पेशा र व्यवसायमा संलग्न नेपाली अमेरिकनहरुको भर्चुअल माध्यमवाट गरिएको भेलाले कानून व्यवसायी वासु फुलाराको संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिमा अमेरिकाभरका विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तित्वहरु रहनु भएको छ । संयोजक फुलाराले कंग्रेशनल चुनावी अभियानमा भण्डारीलाई सहयोग गर्न पाउनु एक सुखद पल भएको टिप्पणी गर्नुभयो । अव हामीहरुले भण्डारीले हासिल गर्नुभएको राजनीतिक उचाईलाई होस्टेमा हैसे गरेर हाम्रो सुदायको हीतको लागि र हामीहरुको सपनालाई साकार रुप दिनका लागि उहाँको चुनावी अभियानमा हातेमालो गर्नुपर्ने उहाँले बताउनुभयो ।

भेलामा उपस्थित एक दर्जन भन्दा वढी सामाजिक अभियन्ताहरुले भण्डारीको चुनावी अभियानलाई हरेक तरिकाले साथ र सहयोग पुरयाउन प्रतिवद्ध रहेको वताउनु भयो । कार्यक्रममा सहभागी व्यक्तित्वहरुले भण्डारीले विगत एक दशक देखि नेपाली अमेरिकनलाई अमेरिकाको मूलधारको राजनीतिमा सहभागिता जनाउन खेल्नु भएको भूमिका, समुदायको वृहत्तर हीतको लागि अहोरात्र खटेर आफूलाई अव्वल राजनीतिज्ञको रुपमा स्थापित गराईसक्नु भएकाले उहाँलाई सहयोग गर्न अमेरिका भरिका नेपालीलाई अनुरोध पनि गर्नु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भण्डारीको चुनावी अभियानका शाम रिभर्स, म्याट केशलरले अहिले सम्मका गतिविधीहरुको वारेमा समुदायका अगुवाहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा भण्डारीको अभियानले चुनावी अभियानलाई लक्षित गरेर आर्थिक सहयोग उपलब्ध गराउन पठाउँदै आएको म्यासेज,ईमल मार्फत सहयोग गर्न समुदायलाई अपिल गरिएको जनाइएको थियो । कार्यक्रममा कंग्रेशनल उमेदवार तथा मेरिल्याण्ड राज्यका डेलिगेट हयारी भण्डारीले नेपाली अमेरिकनको साथ र सहयोगले यो अभियानलाई उचाईमा लैजान सकिने वताउनुभयो ।

यस अभियानलाई सशक्त ढंगले अगाडि वढाउनको लागि एक महत्वपूर्ण टीम क्रियाशील रहेको छ । जस्मा साम रिभर्स राजनीतिक अभियान तथा व्यवस्थापनमा खटिनुभएको छ । उहाँसँग एक दशक लामो अनुभव रहेको छ । यसैगरी म्याट केस्लरले विभिन्न कार्यक्रमहरुको आयोजना तथा स्वयंसेवकहरुको परिचालनमा भूमिका निर्वाह गर्नुहुन्छ । ब्रिटनी बोडेनहाईमरले विगत एश दशक देखि चुनावी अभियानमा रणनैतिक कार्ययोजनाको क्षेत्रमा काम गर्दै आउनुभएको छ । यसैगरी मिकयेर ईलियट एक अनुभवी राजनीतिक रणनीतिकारको रुपमा निर्वाचनमा विजय हासिल गराउन सहयोग पुरयाउन भूमिका खेल्नुहुन्छ ।

यसै गरी टिममा मिशेल गजेव्स्कीले रणनीतिका साथ चुनावी अभियानको भूमिकामा अनुभव प्राप्त व्यक्ति हुनुहुन्छ । टीममा रहेका केभिन म्याकोओन, मारा कुनिन, जोशुआ एस्टेवान उलिबार्री र हाना हलको सामूहिक कार्ययोजनामा चुनावी अभियानमा नविनतम अनुसन्धान, नागरिकका लागि सेवामा महत्वका साथ काम गर्दै आउनुभएको छ ।

यो चुनावी अभियान नेपाली समुदायको आवाजलाई अमेरिकाको राजधानीसम्म लैजाने एक महत्वपूर्ण अवसर भएको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘तपाईहरुको यो हौसलाले मलाई उत्पेरणा मिलेको छ । मलाई विश्वास छ हामीहरुले विविधताले भरिएको अमेरिकामा हामीहरुले ईतिहास निर्माण गर्न सक्ने छौं ।’

यसैवीच संयोजक फुलाराले शुक्रवार विहानवाट नै यो अभियानको थालनी भएको उल्लेख गर्दै अव अमेरिकाभरका नेपाली माझ कुन माध्यमवाट जाने र भण्डारीको अभियानलाई सहयोग गर्ने भन्नृबारे छलफल, आर्थिक संकलन र स्वयंसेवक परिचालन गरिने वताउनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com