नेपालीभाषीका लागि समेत काम गर्ने न्युयोर्कका गैर नाफामुलक संस्थाको आर्थिक स्थीति कस्तो छ ?


प्रकाशित मिति : चैत्र १६, २०८० शुक्रबार

न्युयोर्कका नेपालीभाषीहरुका लागि काम गर्ने विभिन्न संस्थाहरुमध्ये क्वीन्समा रहेका तीनवटा संस्थाहरु शीर्ष स्थानमा छन् । नेपालीभाषीको आप्रवास लगायत विभिन्न अधिकारका लागि सकृय रहदै आएका कारण गैर नाफामुलक संस्था अधिकार चर्चामा रहन्छ । त्यस्तै दक्षिण एसियालीहरुका आवासीय न्याय, अध्यागमन, आर्थिक न्याय र नागरिक संलग्नताका क्षेत्रमा काम गरेका कारण छाया सीडीसी चर्चामा रहन्छ भने ड्रमले न्युयोर्क सिटीमा कम आम्दानी भएका दक्षिण एसियाली आप्रवासीका पक्षमा काम गर्दै आएको छ ।

यी संस्थाहरुमध्ये ड्रम र छाया सीडीसीले हरेक बर्ष जनवरी १ देखि डिसेम्बर ३१ सम्मको साइकलमा ट्याक्स फाइल गर्छन् भने अधिकारले जुलाई १ देखि जुन ३० सम्मको साइकलमा ट्याक्स फाइल गर्दै आएको छ ।

छाया सीडीसीको २०२१ को ट्याक्स रेकर्ड

२०२१ मा छाया सीडीसीले सहयोग र ग्रान्टवापत सबैभन्दा धेरै २३ लाख ३६ हजार २ सय ४५ डलर प्राप्त गरेको देखिएको छ भने कार्यक्रम सेवाबाट ५ लाख ३९ हजार ७ सय ८ डलर गरी झण्डै २८ लाख डलर आम्दानी गरेको देखिन्छ । जसमा झण्डै १२ लाख ७६ हजार डलर कर्मचारीको तलबभत्तामा खर्च गरेको देखिन्छ । तर अघिल्लो बर्षको तुलनामा भने तलबभत्तामा खर्च केही कम देखिएको छ । अघिल्लोबर्ष सहयोग, ग्रान्ट र कार्यक्रम सेवाबाट झण्डै १९ लाख ७५ हजार डलर आम्दानी भएकोमा तलबभत्तामा १२ लाख ९५ हजार खर्च भएको थियो । अहिले संस्थासँग झण्डै २४ लाख डलरको नगद र सम्पत्ति रहेको छ ।

अधिकारको २०२१ जुलाईदेखि २०२२ जुनसम्मको ट्याक्स रेकर्ड

पछिल्लो ट्याक्स फाइल अनुशार २०२१ को जुलाई १ देखि सन् २०२२ को जुन ३० सम्म अधिकारले १८ लाख २८ हजार ९४१ डलर सहयोग र ग्रान्टवापत प्राप्त गरेको छ भने १ लाख १७ हजार २ सय ५० डलर कार्यक्रम सेवामार्फत आम्दानी गरेको छ । जसमध्ये ११ लाख ६५ हजार ७ डलर तलबभत्तामा खर्च भएको देखिन्छ भने ६ लाख ३० हजार ७ सय ६२ डलर अन्य खर्चमा देखिन्छ । अघिल्लो बर्ष अधिकारले २२ लाख १९ हजार ९ सय ३२ डलर सहयोग र ग्रान्टमा पाएको थियो ८ लाख ६८ हजार १ सय १३ डलर तलब भत्तामा खर्च गरेको थियो भने ३ लाख ३६ हजार ५ सय ५४ डलर अन्य खर्चमा देखिन्छ । अहिले अधिकारसँग झण्डै ३ मिलियन डलरको नगद र सम्पत्ति रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ड्रमको २०२१ को ट्याक्स रेकर्ड

त्यस्तै २०२१ मा ड्रमको आम्दानी सहयोग र ग्रान्टबाट झण्डै १३ लाख ४१ हजार रहेकोमा तलबभत्तामा ७ लाख ३२ हजार खर्च गरेको देखिएको छ । अघिल्लोबर्ष ड्रमको आम्दानी सहयोग र ग्रान्टबाट झण्डै २० लाख डलर थियो भने कर्मचारीको तलबभत्तामा झण्डै ७ लाख ६ हजार खर्च भएको थियो । अहिले ड्रमसँग झण्डै २५ लाख डलरको नगद र सम्पत्ति रहेको छ ।

अन्य नेपाली संस्थाको के छ ?

यीबाहेक अन्य नेपाली संघ संस्थाहरुको आम्दानी त्यती उल्लेख्य देखिदैन । युनाइटेड शेर्पा एसोसिएसनले सन् २०२१ मा झण्डै ५ लाख डलर ग्रान्ट र सहायतामा पाएको देखिन्छ । त्योबाहेक अन्य आम्दानी समेत गर्दा उक्त बर्ष ८ लाख २९ हजार डलर आम्दानी भएकोमा तलब भत्तामा ९३ हजार डलर खर्च गरेको देखिन्छ । अल्लिो बर्ष झण्डै ३ लाख ६७ हजार आम्दानी भएकोमा तलबभत्तामा झण्डै ७६ हजार डलर खर्च भएको थियो । संस्थाको नगद र सम्पत्ति २०२२ को सुरुमा झण्डै साढे २२ लाख डलर रहेको थियो ।

युनाइटेड शेर्पा एसोसिएसनको २०२१ को ट्याक्स रेकर्ड

त्योबाहेक न्युयोर्कका अधिकांश नेपाली संस्थाहरुको आम्दानी ५० हजार डलरभन्दा कम भएकाले प्रायले इपोष्टकार्ड फाइल गर्छन् । रिजउड नेपाली समाजको सन् २०२१ मा सहयोगवापत १२ हजार ९ सय ११ डलर प्राप्त गरेको थियो भने २०२२ मा यसमा बृद्धि भएर १ लाख १४ हजार १ सय २३ डलर पुगेको थियो । बेनिफिटवापत १५ हजार ७ सय ७४ डलर तिरेको देखाइएको छ भने २०२३ को सुरुमा संस्थाको नगद र सम्पत्ति ८ लाख ३२ हजार ९ डलर रहेको देखाइएको छ ।

रिजउड नेपाली समाजको २०२२ को ट्याक्स रेकर्ड

न्युयोर्कका केही नेपाली संघ संस्थाहरुले भने कैयन बर्षदेखि ट्याक्स फाइल नगरेको समेत देखिएको छ । ५० हजारभन्दा कम आम्दानी भएमा ईपोष्टकार्ड फाइल गर्नसक्ने भएतापनि उनीहरुले ईपोष्टकार्ड पनि फाइल नगरेको देखिएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com