अमेरिकाका क्रिप्टोकिङ साम बैंकम्यान-फ्राइडलाई २५ वर्षको जेल सजाय


प्रकाशित मिति : चैत्र १५, २०८० बिहीबार

अमेरिकामा क्रिप्टोकरेन्सीका मुगलका रुपमा चर्चित साम बैंकम्यान -फ्राइडलाई २५ वर्षको जेल सजाय सुनाइएको छ । धोखाधडीमा दोषी ठहरिएका उनलाई बिहीबार अदालतले २५ वर्षको जेल सजाय सुनाएको हो ।

संघीय अभियोजकहरूले उनलाई ४० देखि ५० वर्षसम्म जेल सजायको माग गरेतापनि अदालतले उनलाई त्यो भन्दा छोटो सजाय दिएको छ । तर उनका पक्षका वकिलहरूले माग गरेको साढे छ वर्षको सजाय भन्दा यो धेरै माथि रहेको छ । एक संघीय प्रोबेशन अफिसरले त १०० वर्ष जेल सजाय सिफारिस गरेका थिए ।

म्यानहट्टनको संघीय डिस्ट्रिक्ट अदालतका न्यायाधीश लुइस ए कपलानले उक्त सजाय सुनाएका हुन् । सजाय सुनाउने बेलामा ३२ वर्षीय बैंकम्यान फ्राइड अदालतको कोठामा जेलको पोशाक लगाएर उपस्थीत भएका थिए । उनलाई आफ्नो एफटीएक्स क्रिप्टोकरेन्सी एक्सचेन्जका ग्राहकहरूबाट ८ बिलियन डलरको चोरेको अभियोगमा दोषी ठहर गरिएको थियो । जसमा अधिकतम ११० बर्षसम्म सजाय हुनसक्ने प्रावधान थियो ।

सजाय सुनाउनु अघि बैंकम्यान फ्राइडले एफटीएक्स ग्राहकहरू, लगानीकर्ताहरू र कर्मचारीहरूसँग माफी मागेका थिए । मानिसहरू साँच्चै निराश महसुस गरेको र त्यसको लागि आफूले माफी माग्ने उनले बताएका थिए । हरेक चरणमा जे भयो त्यसको लागि माफी मागेको उनले बताएका थिए । आफ्नो गल्तीले आफूलाई हरेक दिन सताउने उनले बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सजायपछि क्रिप्टोकरेन्सीको ढिलो नियमन गरिएको संसारमा बढ्दो अस्थिरता र जोखिम लिने कुरालाई पर्दाफास गर्ने व्यापक ठगी मुद्दाको समापन भएको छ । नोभेम्बर २०२२ मा बैंकम्यान फ्राइडको क्रिप्टो एक्सचेन्ज रातारात पतन हुँदा ग्राहक बचतमा रहेको ८ बिलियन डलर हराएको थियो । त्यसपछि उनलाई उनलाई धोखाधडी, षड्यन्त्र र मनी लान्ड्रिङका सातवटा मुद्दामा दोषी ठहर गरिएको थियो।

१८ महिना अघि बैंकम्यान फ्राइड एक कर्पोरेट टाइटन र विश्वमा सबैभन्दा कान्छो बिलेनियर मध्ये एक थिए। बिलबोर्ड र म्यागजिन कभरहरूमा उनको अनुहार जताततै देख्न सकिन्थ्यो । आफ्नो सबै सम्पत्ति परोपकारमा दान गर्ने लक्ष्य रहेको बताउदै उनले राम्रो व्यक्तिको छवी बनाएका थिए ।

बहामासमा रहेको उनको एफटीएक्स कम्पनी क्रिप्टोकरेन्सीहरूको लागि सबैभन्दा ठूलो बजारहरू मध्ये एक थियो । यो प्रयोग गर्न सजिलो प्लेटफर्म थियो जहाँ लगानीकर्ताहरूले बिटकोइन र ईथर जस्ता डिजिटल सिक्काहरूका लागि डलर वा यूरो साट्न सक्थे । कम्पनीको मूल्य ३० बिलियन डलर थियो ।

तर नोभेम्बर २०२२ मा एक हप्ता भन्दा कम समयमा खाताहरूबाट ८ बिलियन डलर गायब गरेको पत्ता लागेको थियो । उनले ग्राहकको कोषबाट रकम निकालेर अरु ठाउमा हालेका थिए । बैंकम्यान फ्राइडले तत्काल बैंक्रप्सीका लागि दायर गर्ने वकिलहरूको टोलीलाई शक्ति हस्तान्तरण गर्दै राजीनामा दिएका थिए । अर्को महिना उनी बहामासको आफ्नो लक्जरी अपार्टमेन्टमा पक्राउ परेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com