बाल्टिमोरको पुल भत्किँदा बेपत्ता दुई निर्माण मजदुरको शव पिकअप ट्रकमा फेला
प्रकाशित मिति : चैत्र १४, २०८० बुधबार
A Coast Gaurd cutter patrols in front of a cargo ship that is stuck under the part of the structure of the Francis Scott Key Bridge after the ship hit the bridge Wednesday March 27, 2024, in Baltimore, Md. (AP Photo/Steve Helber)
बाल्टिमोरको पुल भत्किँदा बेपत्ता दुई निर्माण मजदुरको शव गोताखोरहरुले पिकअप ट्रकमा फेला पारेका छन् । स्कट की ब्रिज नजिकै पाटापस्को नदीको चिसो पानीमा खोजिरहेका गोताखोरहरूले हराएका निर्माण मजदुरहरूको दुई शव रातो पिकअप ट्रक भित्र फेला पारेका हुन् ।

प्रहरीले मृतक एकजना बाल्टिमोरका ३५ वर्षीय अलेजान्ड्रो हर्नान्डेज फ्युएन्टेस भएको जनाएको छ । उनी मेक्सिकन मूलका हुन् । अर्का मृतक मेरिल्याण्ड निवासी डोर्लियन कास्टिलो रहेको जनाइएको छ । उनी ग्वाटेमालाको मूलका हुन् । फ्रान्सिस स्कट की ब्रिजमा काम गरिरहेका निर्माण दलका अन्य चार सदस्यको शव मंगलबार बिहान एक कार्गो जहाजले किचेको थियो । उनीहरु अझै पनि बेपत्ता छन् भने मृत्यु भइसकेको अनुमान गरिएको छ।

अझैसम्म बेपत्ता भएका मध्ये दुई जना होन्डुरसका मेनर सुआजो स्यान्डोभल र एल साल्भाडोरका मिगुएल लुना भएको जनाइएको छ । अन्य दुई जनालाई भने मंगलबार बिहान जीवितै उद्धार गरिएको थियो, जसमध्ये एकलाई उपचार पछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।






