न्युयोर्क क्वीन्सको स्कुलमा विद्यार्थीबीच झगडापछि ६ जनालाई छुरा प्रहार, ५ जना पक्राउ


प्रकाशित मिति : चैत्र १४, २०८० बुधबार

न्युयोर्कको क्वीन्स जमैकामा रहेको एक चार्टर स्कूल भित्र छ जनामाथि छुरा प्रहार गरिएको बुधबार प्रहरीले जानकारी दिएको छ । प्रहरी अधिकारीहरूले १२ बजेर ४३ मिनेटमा आक्रमणको जानकारी पाएका थिए । त्यसपछि घटनास्थल ८९२५ १६१ स्ट्रीटमा पुग्दा छ जनालाई चोटपटक लागेको अवस्थामा फेला पारेका थिए ।

आकस्मिक सेवाहरू बोलाएर सबै छ जना व्यक्तिहरूलाई उपचारको लागि अस्पताल लगिएको थियो । सिटिजन एपमा पोस्ट गरिएको भिडियोमा २० भन्दा बढी प्रहरी अधिकारीहरू स्कूलको अगाडि उभिएको देखिएको थियो । रातो ट्र्याकसूट लगाएका एक व्यक्तिको हात पछाडि थियो भने कम्तिमा तीनवटा प्रहरी कार र एउटा अग्नी नियन्त्रक ट्रक सडकमा पार्क गरिएको थियो ।

NYPD white and blue NYPD SUV

प्रहरीले पाँच जनालाई हिरासतमा लिएका थिए। उनीहरु १५ देखि २० बर्षको बीचका रहेको जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्यु डन चार्टर हाई स्कूल २ मा झगडा भएपछि आक्रमणहरू भएको जनाइएको छ । झगडामा विद्यार्थीहरु सहभागी भएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनामा घाइते हुनेहरुमा ५ जना विद्यार्थी र एक सुरक्षा गार्ड रहेका छन् । उनले झगडा तोड्न खोजेका थिए ।

एकजना शिक्षकले एकजना विद्यार्थीबाट चक्कु नियन्त्रणमा लिएको जनाइएको छ । क्याफेटेरियामा झगडा भएको र घाइतेहरुको केहीको हातमा र केहीको अनुहारमा चोटपटक लागेको जनाइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com