न्युयोर्कको म्यानहटन प्रवेश गर्ने गाडीलाई अब १५ डलर शुल्क, जुनदेखि लागु


प्रकाशित मिति : चैत्र १४, २०८० बुधबार

traffic lights on a busy street

मेट्रोपोलिटन यातायात प्राधिकरणले राष्ट्रको पहिलो भीड मूल्य निर्धारण योजनालाई अनुमोदन गरेपछि न्यूयोर्क सिटीका चालकहरू म्यानहट्टनको केन्द्रीय व्यापार डिस्ट्रिक्टमा प्रवेश गर्न नयाँ शुल्क तिर्नुपर्ने नियमको नजिक पुगेका छन् ।  न्युयोर्कको म्यानहटनका लागि १५ डलर भीड मूल्य निर्धारणले अन्तिम ग्रिनलाइट पार गरेको हो ।

एमटीए बोर्ड सदस्यहरूले ६० स्ट्रीट र त्योभन्दा तल म्यानहटनमा प्रवेश गर्न प्राय सवारी साधनहरूले १५ डलर टोल शुल्क तिनुपर्ने नियम अनुमोदन गर्न बुधबार मतदान गरेका छन् । मतदानमा टोलका पक्षमा ११ जना र विपक्षमा १ जनामात्र देखिएका थिए । यो कार्यक्रमले एमटीएको सबवे, बस र यात्रु रेलहरूको सञ्जाललाई आधुनिकीकरण गर्न प्रति वर्ष अनुमानित १ बिलियन डलर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

न्युयोर्क सिटीका सडकहरूमा भींड कम गर्न, पैदल यात्रुहरूको सुरक्षा बढाउन, ट्राफिक हिंसा कम गर्न, हावामा सुधार गर्न यो शुल्कको आवश्यकता रहेको यसका पक्षधरहरुले बताएका छन् । आजको ऐतिहासिक मतदानले राष्ट्रको पहिलो भीड मूल्य निर्धारण कार्यक्रमको लागि मार्ग प्रशस्त गरेको छ ।

buildings near body of water landscape photography

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मूल्य निर्धारण संरचनामा १५ डलरको न्यूनतम टोल समावेश छ । स्कूल बसहरू, यात्रु बसहरू र केही सरकारी सवारीहरूको लागि छुट दिइनेछ । ट्रकहरूलाई तिनीहरूको प्रकारको आधारमा २४ वा ३६ डलर चार्ज गरिनेछ। यो कार्यक्रम जुनमा सुरु हुने तय भएको छ ।

यो कार्यक्रम विवादास्पद छ । यसले कार्यान्वयनलाई रोक्न वा ढिलाइ गर्न सक्ने धेरै अदालती चुनौतीहरूको सामना गरिरहेको छ । भीड मूल्य निर्धारणले स्थानीय बासिन्दाहरूलाई घर फर्कन मात्र शुल्क तिर्न बाध्य पार्ने र साना व्यवसायहरूलाई दबाब श्रृजना गर्ने आलोचकहरुको भनाई छ ।

न्युयोर्क सिटीमा यात्रा गर्ने न्युजर्सीका ड्राइभरहरूका लागि यो योजनाले म्यानहटनमा पुग्नको लागि क्रसिङहरूमा तिर्ने शुल्कहरूका अतिरिक्त शुल्क थप्नेछ । नेवार्कको न्युजर्सी डिस्ट्रिक्ट कोर्टले गभर्नर फिल मर्फीको कानुनी चुनौतीमा अप्रिल ३ मा मौखिक तर्कहरू सुन्ने तयारी गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com