नेपालमा ८ लाख बिदेशीले आँखाको उपचार गराए


प्रकाशित मिति : चैत्र १४, २०८० बुधबार

नेपाल नेत्रज्योति सङ्घले एक वर्षमा ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ । सन् २०२३ मा आफ्नो मातहतका २८ अस्पताल, १५६ आँखा उपचार केन्द्र र ४३ जिल्ला शाखामार्फत् ८ लाख ५ हजार विदेशीसहित ३३ लाख छ हजार २६ जनाको स्वास्थ्योपचार गरेको स्पष्ट गरेको छ ।

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, स्वदेशी तथा विदेशी दातृ निकाय एवं समाजसेवीसमेतको सहयोगमा गरिब तथा असहायलाई प्राथमिकता दिँदै २ लाख ६५ हजार ८८५ जनाको शल्यक्रिया गरेको जानकारी दिनुभयो ।

महासचिव भरतबहादुर चन्दले स्थापनाकालदेखि हालसम्म ५१ लाख ३३ हजार ६५९ जनाको शल्यक्रिया उपचारसहित ४ करोड ३६ लाख जना आँखाका बिरामीलाई स्वास्थ्य सेवा दिन सफल अन्धोपनमुक्त नेपालका पक्षमा क्रियाशील सङ्घलाई समाजका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा ४५ वर्षअघि पाँच जनामात्र आँखारोगसम्बन्धी विशेषज्ञ चिकित्सक रहेकोमा अहिले ८०० भन्दा बढीले सेवा प्रदान गरिरहेका छन् । अहिले मित्रराष्ट्र भारत, बङ्गलादेश र भुटानका बिरामीसमेत आँखा उपचारका लागि नेपाल आउने गरेको सङ्घले जनाएको छ । प्रविधिको विकाससँगै करिब दुई दशकभन्दा अघि सात दिन लाग्ने आँखाको शल्यक्रिया अहिले जम्मा दुई दिनमा सम्भव हुने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com