पानी जहाज ठोक्किएपछि बाल्टिमोरको डेढमाइल लामो पुल ध्वस्त, गभर्नरबाट संकटकालको घोषणा


प्रकाशित मिति : चैत्र १३, २०८० मंगलबार

बाल्टिमोरको फ्रान्सिस स्कट की पुलमा कन्टेनर पानी जहाज ठोक्किएपछि ध्वस्त भएको छ । उद्धारकर्मीहरूले धेरै व्यक्ति र सवारी साधनहरू पानीमा खसेको जनाएका छन् । अधिकारीले १ दशमलव ६ माइल लामो चार लेनको पुल भत्किनु भयानक दुर्घटना भएको र सीमित दृश्यताका कारण उद्धारकर्ताहरूका लागि अवस्था असुरक्षित भएको चेतावनी दिएका छन् ।

यो पुल पटापस्को नदीमा फैलिएको छ भने बाल्टिमोर हार्वरको सबैभन्दा बाहिरी क्रसिङको रूपमा काम गर्दछ। यो इन्टरसेक्सन ६९५ वा बाल्टिमोर बेल्टवेको एक अत्यवश्यक लिङ्क हो।

मेरिल्याण्डका गभर्नर वेस मूरले पुल भत्केपछि संकटकालको घोषणा गरेका छन् । मूरले आफ्नो कार्यालय अमेरिकी यातायात सेक्रेटरी पीट बुटाजज, बाल्टिमोरका मेयर, काउन्टी कार्यकारी र आपतकालीन सेवाहरूसँग नजिकको सम्पर्कमा रहेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार बिहानै एउटा कार्गो जहाज बाल्टिमोरको पूर्वी तटीय महानगरको बन्दरगाहमा रहेको चार लेनको फ्रान्सिस स्कट की पुलमा ठोक्किएको थियो । जसको कारण यो पुल भत्किएको हो । पुल भत्किएपछि कम्तीमा छ जना बेपत्ता भएका छन् । उद्धार टोलीले पानीमा हराइरहेका मानिसहरुको खोजी जारी राखेका छन् । जहाज पुलमा ठोक्किएको बेला पुलमा आठ जना रहेको जनाइएको छ । तीमध्ये दुईजनालाई आज पानीबाट बचाइएको थियो ।

पुलसँग ठोक्किनु अघि जहाजका चालक दलले मेडे कल जारी गरेका थिए । भिडियोमा जहाजले ठक्कर दिएपछि चार लेनको पुल भत्किएको देखाइएको छ। राष्ट्रपति जो बाइडेनले घटनाबारे सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com