न्युयोर्कको क्वीन्समा गलत ठाउँमा रोकेको गाडी हटाउन खोज्दा प्रहरी अधिकारीको गोली हानी हत्या


प्रकाशित मिति : चैत्र १३, २०८० मंगलबार

न्युयोर्क सिटीका प्रहरी अधिकारीमाथि सोमबार साँझ क्वीन्समा ट्राफिक स्टपको क्रममा गोली हानी हत्या गरिएको छ । तीनबर्षदेखि न्युयोर्क प्रहरीमा कार्यरत प्रहरी अधिकारी जोनाथन डिलर प्रहरीको सामुदायिक प्रतिक्रिया टोलीमा रहेका थिए ।

बेलुका ६ बजे अघि फार रकवेको मोट एभिन्यू र बीच १९ स्ट्रीटमा बस स्टपमा अवैध रूपमा पार्क गरिएको गाडीको नजिक पुग्दा गोली प्रहार भएको जमैका अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले बताएको छ । ज्यान गुमाएका ३१ वर्षीय अधिकारी जोनाथन डिलरका १ बर्षका छोरा छन् ।

गोली हानिएका मारिएका प्रहरी अधिकारीको बारेमा मिडियालाई जानकारी दिदै जमैका अस्पताल मेडिकल सेन्टर, क्वीन्समा मेयर एरिक आडम्स । फोटो क्रेडिट: बेनी पोलाटसेक /मेयरल फोटोग्राफी कार्यालय

गाडीभित्र दुईजना मानिस थिए । उनीहरुले बाहिर निस्कन अस्वीकार प्रहरीलाई बन्दुक ताकेका थिए । त्यसपछि उनीहरुले प्रहरी अधिकारी डिलरलाई बुलेटप्रुफ भेस्ट मुनि शरीरमा गोली हानेका थिए । डिलरको साथमा रहेका अर्का अधिकारीले पनि संदिग्धलाई प्रहार गरेका थिए । त्यसपछि संदिग्ध व्यक्तिले बन्दुक छोडेको थियो भने डिलरले उक्त बन्दुक समात्ने प्रयास गरेका थिए ।

घटनाबारे मिडियालाई जानकारी दिने क्रममा भावुक अधिकारीहरु । फोटो : बेनी पोलाटसेक /मेयरल फोटोग्राफी कार्यालय

डिलरलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो, जहाँ पछि उनको मृत्यु भएको मेयर एरिक एडम्सले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । पुलओभर गरिएको कारको चालकलाई पहिले अप्रिल २०२३ मा बन्दुककै आरोपमा पक्राउ गरिएको थियो । उक्त व्यक्तिलाई विगतमा १४ पटक पक्राउ गरिएको रेकर्डमा देखिएको छ । तर प्रहरी अधिकारीलाई गोली हानेको व्यक्ति भने चालक ४१ बर्षीय लिन्डी जोन्स  थिएन ।

संदिग्ध ३४ बर्षीय गाय रिवेरा

गोली प्रहार गर्ने व्यक्ति ३४ बर्षीय गाय रिवेरालाई पछिल्लो पटक २०२१ मा न्यूयोर्क जेलबाट रिहा गरिएको थियो । नियन्त्रित पदार्थको आपराधिक कब्जाको लागि ५ वर्ष जेलमा बिताएपछि रिहा गरिएकोमा उक्त मुद्दामा पेरोल गत वर्ष समाप्त भएको थियो। उक्त व्यक्ति सन् २०११ मा पहिलो डिग्री आक्रमणको आरोपमा जेल परेर २०१४ मा रिहा भएको जनाइएको छ ।

संदिग्ध रिवेरालाई  पनि पछाडि गोली लागेको छ । संदिग्धलाई अस्पताल लगिएपनि अवस्था स्पष्ट नभएको जनाइएको छ । उक्त व्यक्ति बाँच्ने आशा गरिएको जनाइएको छ । प्रहरी अधिकारीहरूले घटनास्थलबाट एक बन्दुक बरामद गरेका छन्। घटना सिटी काउन्सिल वुमन सेल्भेना ब्रुक्स पावर्सको कार्यालय बाहिर भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com