अछामको एउटै वडाका ५ जनाले एकैदिन ज्यान गुमाए


प्रकाशित मिति : चैत्र १२, २०८० सोमबार

अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा ५ जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो ।

षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक घाइते भएका प्रहरी निरीक्षक साउदले बताउनुभयो । मृतक र घाइते वडका बासिन्दा हुन् । घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com