हाइटीबाट भागेका अमेरिकी नागरिकलाई लिएर आएको अर्को विमान फ्लोरिडामा अवतरण


प्रकाशित मिति : चैत्र ११, २०८० आईतबार

airplanes window view of sky during golden hour

हाइटीबाट भागेका अमेरिकी नागरिकलाई लिएर आएको अर्को विमान फ्लोरिडामा अवतरण भएको छ । २१ अमेरिकीहरू बोकेको एउटा विमान शनिबार राती ओर्लान्डो आइपुगेको हो । व्यापक गिरोह हिंसा र राजनीतिक अस्थिरताका साथ द्वन्द्वग्रस्त क्यारिबियन राष्ट्रबाट अमेरिकी चार्टर्ड उडानहरू अमेरिका आउने क्रम जारी रहेको छ ।

फ्लोरिडाको आपतकालीन व्यवस्थापनको डिभिजनले विमानको आगमनको घोषणा गर्दै आजसम्म कुल ३५ अमेरिकीहरूलाई राज्य समन्वित आपतकालीन उडानहरूद्वारा उद्धार गरिएको जनाएको छ । ओर्लान्डोमा अवतरण गर्नेहरुलाई खाना र पानी, बास, यातायात, आधारभूत स्वास्थ्य र चिकित्सा जाँच, फोन र आईडी प्रतिस्थापन सेवाहरू सहित धेरै स्रोतहरूमा पहुँच प्रदान गरिएको थियो ।

विभागले अमेरिकनहरुलाई घर पुर्‍याउन हरेक उपलब्ध उपायहरुका लागि चौबीसै घण्टा काम गरिरहेको कार्यकारी निर्देशक केभिन गुथ्रीले विज्ञप्तिमा बताएका छन् । गभर्नर रोन डिसेन्टिसले हरेक चुनौतीहरूको सामना गर्न र मिशन पूरा नभएसम्म नरोकिन निर्देशन दिएको उनको भनाई छ । डिसेन्टिसले मार्च १५ मा एक कार्यकारी आदेश जारी गर्दै फ्लोरिडामा आपतकालिन अवस्था घोषणा गरे पछि एजेन्सीले हाइटीमा फसेका फ्लोरिडियनहरूबाट धेरै अनुरोधहरू प्राप्त गरेको थियो ।

सयौं अमेरिकी नागरिकहरू हाइटीमा छन् भने मार्च १९ सम्म झण्डै १,००० ले संकट सेवा फारमहरू भरेका छन्त्यो । ती व्यक्तिहरू या त हाइटी छोड्न चाहन्छन् वा अमेरिकी अधिकारीहरूबाट थप जानकारी प्राप्त गर्न चाहन्छन्। फ्लोरिडाले व्यवस्था गरेको पहिलो उडानले गत हप्ता हाइटीबाट ओर्लान्डो स्यानफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलमा १४ जनालाई ल्याएको थियो । करिब ३६० फ्लोरिडीवासी हाइटीमा रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघीय अधिकारीहरूले पनि अमेरिकी नागरिकहरूलाई हाइटीबाट बाहिर निकाल्ने काम गरिरहेका छन्। मार्च १७ मा अमेरिकी विदेशमन्त्रालयले दर्जनौं अमेरिकीहरूलाई हाइटीको उत्तरी तटमा रहेको शहर क्याप हाइटियनबाट मायामीमा उडाएको बताएको छ। बुधवार अमेरिकी विदेश मन्त्रालयले हरेक दिन ३० जना भन्दा बढी अमेरिकीहरू चार्टर्ड गरिएको अमेरिकी सरकारी उडानहरूमा चढ्न सक्षम हुने बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com