अमेरिकी आर्थिक प्रतिबन्धको विरोधमा प्रदर्शन


प्रकाशित मिति : भाद्र ११, २०७४ आईतबार

कराकस, ११ भदौ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा शनिबार अमेरिकाले मानव अधिकार उलङ्घन भएको भन्दै लगाएको आर्थिक प्रतिबन्धको विरोधमा सडकमा प्रदर्शन गरिएको छ ।

भेनेजुएली राष्ट्रपति निकोलास मदुरो र सत्ताधारी पार्टीसँग आवद्ध व्यक्तिहरुले जुलुस निकालेका हुन् ।

प्रदर्शनकारीहरुले अमेरिकी सरकारको अतिक्रमणलाई अस्विकार गर्ने ‘युनाइटेड सोसिलिस्ट पार्टी अफ भेनेजुएला (पिएसयुभि)’ का नेता दारियो भिभास्ले एक टेलिभिजनमा बताउनु भएको छ ।

यसैबीच भेनेजुएलाली सरकारले सर्वसाधारणलाई सैन्य तालिम दिन सुरु गरेको छ । सरकारले देशभरी सैन्य तालिम सुरु गरी अभ्यासको आयोजना गर्दै हजारौ सर्वसाधारणलाई बन्दुक चलाउन सिकाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले दुई लाख सैनिक र ७ लाख सर्वसाधारण र आवश्यकता अनुसार फौजी जिम्मेवारीमा तैनाथ गर्न सकिने व्यक्तिहरुलाई उक्त तालिममा तैनाथ गरिएको छ ।

अमेरिकाले निकोलास मदुरो सरकारमाथि मानवअधिकार उलघनको आरोप लगाउन्दै दवाव बढाएपछि सो सैन्य अभ्यास आयोजना गरिएको हो । राजधानी कराकस र भेनेजुएलाका अन्य सहरमा आधारभूत सैन्य गतिविधिबारे सर्वसाधारणलाई तालिम दिइएको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com