जब जनतासँगै राजा पनि प्रदर्शनमा उत्रिए…


प्रकाशित मिति : भाद्र ११, २०७४ आईतबार

स्पेनको बार्सिलोनामा १५ जनाको ज्यान जाने गरी गत साता गराइएको आक्रमणको विरोधमा दशौं हजार मानिसले प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सर्वसाधारणसँगै राजा फेलीपे छैठौं र प्रधानमन्त्री मारिआनो राखोय पनि सहभागी भए।

सन् १९७० को दशकमा स्पेनमा राजतन्त्र पुनर्बहाली भएपछि प्रदर्शनमा सहभागी हुने फेलीपे छैठौं पहिलो राजा हुन्।

सन् १९७५ मा तत्कालीन सैनिक तानाशाहको मृत्यु भएपछि स्पेनमा राजतन्त्रको पुनर्बहाली भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निन्दा

लस र्‍याम्ब्लसमा गराइएको आक्रमणमा परेकालाई सहयोग गर्ने आपतकालीन सेवाकर्मी र पसलेहरुले पनि प्रदर्शनमा सहभागिता जनाए।

अघिल्तिरको पंक्तिमा “म डराएको छुइनँ” लेखिएको ठूलो ब्यानर पछाडि दशौं हजार मानिस प्रदर्शनमा उत्रिएका थिए।

प्रदर्शन

स्वायत्ताको माग गर्दै लामो समयदेखि भइरहेको संघर्षमा प्रयोग गरिँदै आएको क्याटालोनियाको सयौं झण्डाका पछाडि राजा र प्रधानमन्त्री देखिएका थिए।

कतिपय प्रदर्शनकारीले मुस्लिमहरुसँग घुलमिल नरुचाउने कार्यको निन्दा गरिएको प्लेकार्ड बोकेका थिए।

प्रदर्शनमा सहभागी राजातिर सिठी बजाउँदै केही प्रदर्शनकारीले ‘बाहिर’ भनेका थिए।

एकढिक्का

क्याटालोनियाले आउँदो अक्टोबर महिनामा मान्यता नपाएपनि स्वतन्त्रतामाथि जनमत संग्रह गराउँदैछ।

प्रधानमन्त्री राखोयले क्याटालोनिया र स्पेनका बाँकी भाग ‘आतंकवादविरुद्ध एकढिक्का रहेको देखाउन सबैलाई’ प्रदर्शनमा सहभागी हुने प्रोत्साहित गरेका थिए।

यही अगस्ट महिनाको १७ तारिख हिँडिरहेका मानिसहरुमाथि भ्यान जोताइएको थियो।

तथाकथित इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com