टेक्ससमा भीषण बाढीको चेतावनी


प्रकाशित मिति : भाद्र ११, २०७४ आईतबार

अमेरिकाको टेक्सस राज्यका गभर्नर ग्रेग एबटले हार्वी नामक समुद्री आँधीले निम्त्याउने विध्वंशभन्दा पनि आँधीसँगै भइरहेको वर्षाका कारण नाटकीय ढंगले आउनसक्ने बाढी आफ्नो प्रमुख चिन्ताको विषय भएको बताएका छन्।

आँधीको मार्गमा रहेका दुई शहरहरु ह्युस्टन र कर्पस क्रिस्टीमा कम्तीमा ५० सेन्टिमिटर पानी परिसकेको भन्दै उनले साताको मध्यसम्म आँधी नियन्त्रणमा आउनुअघि थप एक मिटर वर्षा हुने अपेक्षा गरिएको बताए।

भीषण आँधीका कारण उद्धार प्रयासहरु प्रभावित भएका छन् र लाखौँ मानिसहरु बिजुली विना बसिरहेका छन्।

हालसम्म रकपोर्ट नगरमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शक्तिशाली

अमेरिकी मूलभूमिमा १२ वर्षयता आएको शक्तिशाली आँधी भनिएको हार्वीलाई ‘क्याटेगोरी फोर’मा राखिएको थियो।

तर अहिले आँधीको शक्ति कम हुँदै गएको बताइएको छ।

अधिकारीहरुले भत्किएका घरमा केही मानिसहरु फसेको हुनसक्ने बताएका छन् र व्यापक रुपमा विद्युत् आपूर्ति बन्द भएको जानकारी दिएका छन्।

आँधी

अझै केही दिन पानी पर्ने ठानिएको छ।

घरमा आगो लाग्दा एकजनाले रकपोर्ट शहरमा ज्यान गुमाएका छन्।

प्रभावित

टेक्ससको मध्य तथा माथिल्लो क्षेत्रमा १ मिटरभन्दा बढ्ता पानी पर्ने अमेरिकी आँधी केन्द्रको भनाई छ।

आँधी

उसले कतिपय तटीय क्षेत्रमा बाढी आउने उल्लेख गरेको छ।

कोर्पस क्रिस्टीबाट शुक्रबार शुरु हुँदा हार्वीको वेग २१५ किलोमिटर प्रतिघण्टा रहेको थियो तर पछि त्यसको वेग घटेर ७० मिटर प्रतिघण्टामा झरेको थियो।

विद्युत् सेवा प्रदायकहरुले करिब ३ लाख मानिसहरु बिजुली बिना बसिरहेको जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आँधीमा फसिरहेका मानिसहरुको उद्धारलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिंदै विपद् प्रभावित क्षेत्रमा संघीय सहायता पुर्‍याउन भनेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com