ओहायोमा १६ महिनाकी छोरीलाई एक्लै छाडेर १० दिन घुम्नजाँदा छोरीको मृत्युपछि आमालाई जन्मकैद


प्रकाशित मिति : चैत्र ७, २०८० बुधबार

अमेरिकाको ओहायोमा १६ महिनाकी छोरीलाई घरमा एक्लै छाडेर १० दिनका लागि घुम्न जाँदा बालिकाको मृत्यु भएपछि बालिकाकी आमालाई बच्चाको हत्यामा दोषी ठहर गर्दै सजाय सुनाइएको छ । बालिकालाई घरमा एक्लै छाडेर गएपछि कैयन दिनसम्म केही खान नपाउँदा छटपटिएर बालिकाको मृत्यु भएको थियो । बालिकाकी आमालाई हत्यामा दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाइएको छ ।

३२ वर्षीया क्रिस्टेल क्यान्डेलारियोले आफ्नी १६ महिनाकी छोरी जेलिनको हत्या र बालिकालाई मृत्यु हुने गरी खतरामा पारेको अपराध स्वीकार गरेकी थिइन् । उनी गत जुन ६ मा जेलिनलाई घरमा केही बोतल दुधका साथ एक्लै छाडेर विदा मनाउन डेट्रोइट र केटा साथीसँग घुम्न पोर्तोरिको गएको जनाइएको छ ।

छिमेकीको डोरबेल क्यामेराले १६ महिनाकी बालिका बारम्बार चिच्याएको कैद गरेको थियो, जसमा उनकी आमाले छाडेर गएको दुई दिन पछि बिहान १ बजेसमेत रोएको कैद भएको थियो । जुन १६ मा फर्कदा बालिका जेलिनलाई मृत फेला पारेपछि उनले पुलिसलाई खबर गरेको अधिकारीहरूले बताएका छन् ।

woman in gold dress holding sword figurine

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेलिनको मृत्यु अत्याधिक भोक र तिर्खाका कारण भएको कुयाहोगा काउन्टी मेडिकल परीक्षकको कार्यालयले सोमबार अदालतमा जानकारी दिएको थियो । त्यसले घटनालाई हत्याका रुपमा लिइएको थियो । बच्चाको मृत्यु हुँदा बालिकाको तौल दुई महिना अगाडिको तुलनामा ७ पाउण्ड कम रहेको पाइएको थियो ।

पोस्टमार्टम गर्ने डा. एलिजाबेथ मुनीले जेलिनको मृत्युलाई आफ्नो करियरमा अहिलेसम्मको सबैभन्दा दुखद र दुर्भाग्यपूर्ण घटनाहरू मध्येको एक भएको बताएकी थिइन् । बालिका सम्भवतः एक हप्तासम्म तडपिएको उनले बताइन् ।

बालिकाकी आमा क्रिस्टेल क्यान्डेलारियोले सोमबार अदालतमा आफूले हरेक दिन भगवान र छोरी जेलिनसँग माफी माग्ने बताएकी थिइन् । उनले आफ्नी अर्की छोरी र आमाबुवासँग पनि माफी मागेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com