पत्रकार महासंघको महाधिबेसन बैशाखमा लुम्बिनीमा हुने , शाखा र प्रदेश अधिबेसन गर्ने बाटो खुल्यो


प्रकाशित मिति : चैत्र ७, २०८० बुधबार

नेपाल पत्रकार महासङ्घले केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ र २२ गते लुम्बिनीमा गर्ने निर्णय गरेको छ । महासङ्घको बुबवार बसेको केन्द्रीय समिति बैठकले महासङ्घका सबै प्रदेशको अधिवेशन आगामी वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको केन्द्रीय सदस्य एवं पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभाग प्रमुख शन्तराम बिडारीले जानकारी दिनुभयो ।

महासङ्घका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एशोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन दिएको बैठकले अधिवेशन सम्पन्न गर्दा महासङ्घबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ । बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी रहेको स्टेरिङ समिति गठन गरेको छ ।

सो समितिले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश तथा शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्नेछ । सोअनुसार बैठकले समन्वय गर्न १० वटै प्रदेशमा केन्द्रीय पदाधिकारीलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ ।

कोशी प्रदेशमा उपाध्यक्ष बाला अधिकारी, मधेस प्रदेशमा सचिव दीपेन्द्र चौहान, बागमती प्रदेशमा सचिव सिर्जना अर्याल, गण्डकी प्रदेशमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनी प्रदेशमा उपाध्यक्ष उदय जिएम, कर्णाली प्रदेशमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिम प्रदेशमा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेशमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेशमा सचिव नारायण किलम्बु र उपत्यका प्रदेशमा सचिव गोविन्दप्रसाद चौलागाईंलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेश तथा शाखा समितिको अधिवेशन र केन्द्रीय महाधिवेशनमा साङ्गठनिक, आर्थिक प्रतिवेदन र समसामयिक प्रस्तावमा छलफल गरेको बैठकले यस वर्षको महाधिवेशनलाई विश्वव्यापीरुपमा पत्रकार तथा सञ्चार क्षेत्रमा देखिएको सङ्कटका विषयमा छलफल गर्ने र त्यो निष्कर्षलाई लागू गर्न केन्द्रित गर्ने प्रस्ताव गरेको छ । केन्द्रीय साधारणसभामा सहभागी भएका राष्ट्रिय परिषद् सदस्य नै महाधिवेशनमा सहभागी हुने महासङ्घको विधानले व्यवस्था गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com