सन् २०३२ भित्रमा सबै कार इलेक्ट्रिक वा हाइब्रिड बनाउन बाइडेन प्रशासनबाट महत्वपूर्ण नियम जारी
प्रकाशित मिति : चैत्र ७, २०८० बुधबार
बाइडेन प्रशासनले बुधवार अमेरिकाको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण जलवायु नियमहरू मध्ये एक जारी गरेको छ, जसले अमेरिकामा बेचिने नयाँ यात्रुवाहक कारहरू र हलुका ट्रकहरू सन् २०३२ सम्ममा सबै इलेक्ट्रिक वा हाइब्रिडहरू भएको सुनिश्चित गर्नेछ । निर्माणमा लगभग तीन वर्ष लागेको यो नियमले अमेरिकाको अटोमोबाइल बजारलाई परिवर्तन गर्नेछ ।
गत वर्ष १२ लाख इलेक्ट्रिक गाडीहरु डिलरहरुकोमा पुगेपनि कुल अमेरिकी कार बिक्रीको ७ दशमलव ६ प्रतिशत इलेक्ट्रिक गाडीहरुमात्र बिक्रि भएका थिए । नयाँ नियम अन्तर्गत ५६ प्रतिशत इलेक्ट्रिक गाडी बेच्ने लक्ष्य थियो । थप १६ प्रतिशत नयाँ कार बिक्री हाइब्रिड हुनेछन्।
कारहरू र यातायातका अन्य साधानहरु अमेरिकाले उत्पन्न गरेको कार्बन उत्सर्जनको सबैभन्दा ठूलो एकल स्रोत हो । यो प्रदूषणले जलवायु परिवर्तनमा असर गरिरहेको छ । फलस्वरुप सन् २०२३ इतिहासमा सबैभन्दा तातो वर्ष बन्न मद्दत पुगेको छ। ग्लोबल वार्मिङको सामना गर्न राष्ट्रपति बाइडेनको रणनीतिमा विद्युतीय सवारी साधनहरू केन्द्रित रहेका छन्, जसले यस दशकको अन्त्यसम्ममा राष्ट्रको उत्सर्जनलाई आधामा कटौती गर्न अपेक्षा गर्दछ। तर इलेक्ट्रिक गाडीको पनि राजनीतिकरण भएको छ भने राष्ट्रपतिको चुनावमा मुद्दा बनिरहेको छ।
नयाँ नियम अनुशार सन् २०३२ सम्ममा अमेरिकामा बेचिने आधाभन्दा बढी नयाँ कारहरू कार निर्माताहरूले पूरा गर्नुपर्ने मापदण्डहरू अनुशार शून्य उत्सर्जन गर्ने सवारी साधनहरू हुनेछन्। यसले आगामी ३० वर्षमा सात अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जनबाट बच्नेछ । त्यो अमेरिकाले उत्पन्न गरेको सबै हरितगृह ग्यासहरूको एक वर्षको मूल्य हटाउने बराबर हो । अमेरिकाले ऐतिहासिक रूपमा वायुमण्डलमा सबैभन्दा बढी कार्बन डाइअक्साइड पम्प गरेको छ।
यो नियमले समाजलाई वार्षिक १ सय बिलियन डलर वार्षिक शुद्ध लाभ प्रदान गर्नेछ, जसमा वायुको गुणस्तर सुधार भएकोले वार्षिक सार्वजनिक स्वास्थ्य लाभहरूको १३ बिलियन पनि समावेश छ। मापदण्डहरूले औसत अमेरिकी ड्राइभरलाई कम इन्धन र सवारी साधनको जीवनभर मर्मतमा ६ हजार डलर बचत गर्ने अनुमान गरिएको छ । विद्युतीय सवारीसाधनमा परिवर्तनका लागि निर्माण, पूर्वाधार, प्रविधि, श्रम, विश्वव्यापी व्यापार र उपभोक्ता बानीमा ठूलो परिवर्तन आवश्यक छ।







