लण्डन राजदरबार नजिकै ‘आक्रमण प्रयास’, दुई प्रहरी घाइते


प्रकाशित मिति : भाद्र ११, २०७४ आईतबार

लण्डन

ब्रिटेनको लण्डनस्थित बकिङघम राजदरबार नजिकै एकजनाले चक्कु प्रहार गर्दा दुईजना प्रहरी जवान घाइते भएका प्रहरीले शनिबार जनाएको छ ।
आक्रमणकारी उक्त व्यक्तिले चार फिट लामोे एउटा धारिलो हतियार कारमा राखेको र प्रहरीका सवारीसाधन नजिकै कार रोकेपछि प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा दुईजना प्रहरी सामान्य घाइते भएको अधिकारीहरुले बताएका छन् ।
चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते भएको र उपचारका लागि उनलाई अस्पताल पु¥याइएको छ । अधिकारीहरुका अनुसार अन्दाजी २६ वर्षको व्यक्तिले आक्रमण गर्न खोजेको आशंकामा उनलाई पक्राउ गरिएको र थप सोधपुछ भइरहेको छ ।
यसैबीच घटना भएका बेला राजदरबारभित्र शाही परिवारका कोही पनि नभएको बताइएको छ ।
घटना आतंकवादसँग सम्बन्धित रहे वा नरहेकोबारे अनुसन्धान भइरको जनाउँदै प्रहरीले केही बताउन अस्वीकार गरेको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com