नेपाली श्रमिक युवाको पहिलो रोजाई यूएई बन्दै , कोरिया जानेपनि कम छैनन
प्रकाशित मिति : चैत्र ४, २०८० आईतबार
रोजगारीको लागि बिदेशीनेको संख्या बढि रहेको छ । बैदेशिक रोजगार बिभागका अनुसार पछिल्लो ८ महिनामा पौने ५ लाख युवा बिदेशिएका छन ।
कामको खोजीमा बिदेशिने युवाहरुको पछिल्लो ८ महिनाको तथ्याङक ४ लाख ७१ हजार २४० रहेको बिभागले बताएको छ । यो गत साउन देखि फागुन सम्मको तथ्याङक हो ।
श्रम स्वीकृति लिएर बिदेश जाने युवाहरुको संख्याले कामको खोजीमा बिदेशीएकाहरुको अबस्थालाई चित्रण गर्दछ । तर यो तथ्याङक भने समिक्षा अबधिको भने १३ प्रतिसतले कमि हो । अघिल्लो बर्षको सोही समय भित्र ५ लाख ४० हजार ६०० युवाले बिदेश जानका लागि श्रम स्वीकृति लिएका थिए ।
चालु आर्थिक बर्षका मंसिरमा सबैभन्दा बढि ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका छन । कामदारको पहिलो रोजाई भने संयुक्त अरब इमिरेट्स यूएई परेको छ ।
यूएईका लागि १ लाख २० हजार १६८ जनाले श्रम स्वीकृति लिएका छन । दोश्रोमा कतार छ । त्यहाँ जानका लागि ९२ हजार ११४ जनाले स्वीकृति लिएका छन ।
साउदी अरब जानका लागि ९१ हजार र मलेसिया जान ६४ हजारले श्रम स्वीकृति लिएका छन । दक्षिण कोरिया जानका लागि ९ हजार ५५२ जनाले श्रम स्वीकृति लिएको बैदेशिक रोजगार बिभागले जनाएको छ ।






