भाडाका बस्नेहरुका लागि अमेरिकाका सबैभन्दा सस्ता ५ शहरहरू


प्रकाशित मिति : चैत्र ४, २०८० आईतबार

aerial view of city buildings during daytime

अमेरिकाका विभिन्न शहरहरुमा भाडादर उच्च भएपछि भाडामा बस्नेहरुले घरभाडाका लागिमात्र ठूलो रकम खर्च गर्नु परिरहेको छ । यो अवस्थामा भाडामा बस्नेहरुका लागि कुन शहरहरु सस्ता छन् भन्नेबारे जिज्ञासा हुनसक्छ वा सस्तो शहरमा सर्नेबारे विचार गर्नुभएको पनि हुनसक्छ ।

पश्चिमी न्यूयोर्कमा अवस्थित एक अमेरिकी सहर बफेलो भाडामा बस्नेहरुका लागि सबैभन्दा सस्तो अमेरिकी शहरहरूको सुचीमा शीर्ष स्थानमा रहेको छ । फेब्रुअरी सम्म शहरमा सामान्य भाडादर एक बेडरुम अपार्टमेन्टका लागि औषतमा १२८२ डलर रहेको छ ।

eagle eye view time lapse city and streets

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तो दोश्रो नम्बरमा रहेको छ विसकन्सिनको मिलाउकी । यहाँको औषत भाडादर १३११ डलर रहेको छ । तसर्थ यो शहर पनि अमेरिकामा भाडामा बस्नेहरुका लागि किफायती मानिन्छ। त्यस्तै तेश्रोमा ओक्लोहोमाको ओक्लोहोमा सिटी रहेको छ । यहाँको औषत भाडादर १३२९ डलर रहेको छ ।

चौथो नम्बरमा रहेको छ मिजौरीको सेन्ट लुईस । यहाँको औषत भाडादर १३४३ डलर रहेको छ, जुन भाडामा बस्नेहरुका। लागि सस्तो रहेको छ । त्यस्तै पाँचौं नम्बरमा रहेको केन्टकीको लुईभिलमा औषत भाडादर १३५५ डलर रहेको छ । यदि तपाईपनि सस्तो शहरमा सर्न चाहनुहुन्छ भने लुईभिल पनि उपयुक्त विकल्प हुनसक्छ ।

यी अमेरिकामा सस्ता मुख्य शहरहरु हुन् । यीभन्दा सस्ता भाडादर भएका ग्रामिण क्षेत्रहरु र साना काउन्टीहरु पनि अमेरिकामा रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com