विश्वमा सुन्दर झण्डा हुने देशमा नेपाल टप फाइभमा


प्रकाशित मिति : चैत्र २, २०८० शुक्रबार

red flah near snow covered mountain during daytime

Photo by Samrat Khadka

विश्वमा सुन्दर झण्डा हुने देशमा नेपाल टप फाइभमा परेको छ । इन्साइडलर मङकीले विश्वका सबैभन्दा सुन्दर झण्डा भएका २५ देशहरूको सूची तयार गरेकोमा नेपाल टपफाइभमा परेको हो । र्याङकर, फोर्ब्स, न्युज १८, रेडिट थ्रेड लगायतका वेवसाइटहरु प्रयोग गरेर झण्डाहरुको स्कोर निकालिएको हो । जसमा नेपालको झण्डाले १३ स्कोर प्राप्त गरेको छ ।

नेपालको झण्डा विश्वको सबैभन्दा अनौठो र सुन्दर झण्डा मध्ये एक भएको तथा आयताकार झण्डाहरू भन्दा फरक रहेको इन्साइडलर मङकीले उल्लेख गरेको छ । नेपालको झण्डा दुई त्रिकोणको संयोजन रहेको तथा झण्डामा रहेका सिम्रिक र निलो रंगमध्ये सिम्रिकले राष्ट्रिय फूलको प्रतिनिधित्व गर्ने तथा नीलो रंग शान्ति र सद्भावको प्रतीक रहेको उल्लेख गरिएको छ । सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो।

man in gray jacket and black pants standing on snow covered ground during daytime
फोटो: अरुन घिमिरे

इन्साइडलर मङकीले भनेको छ – ‘नेपालको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य झल्काउने झण्डाको विशिष्ट आकार र समृद्ध प्रतीकात्मकताले यसलाई तुरुन्तै चिन्न सकिने र सौन्दर्यात्मक रूपमा आकर्षक बनाउँछ।’

सुन्दर झण्डा हुने देशमा चौथोमा साउथ अफ्रिका परेको छ भने तेश्रोमा ब्राजिल परेको छ । दुबैले १५ स्कोर पाएका छन् । दोश्रोमा १७ स्कोरका साथ क्यानडा परेको छ भने पहिलोमा १८ स्कोरका साथ जापान परेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com