नयाँ प्रमुख नआउँदा न्युयोर्कको नेपाली नियोगमा ‘पावर अफ एटोर्नी’ सेवा अवरुद्ध


प्रकाशित मिति : चैत्र २, २०८० शुक्रबार

नयाँ कार्यवाहक महावाणिज्यदूत नआइपुग्दा न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा पावर अफ एटोर्नी सेवा (अधिकृत वारेशनामा प्रमाणीकरण) अवरुद्ध भएको छ । कार्यवाहक महावाणिज्यदूतको जिम्मेबारीमा रहेका विष्णुप्रसाद गौतम सहसचिवमा बढुवा भएर गतसाता नेपाल फर्किसकेका छन् भने उक्त स्थानमा नियुक्त चक्र सुवेदी कार्यालयमा आइसकेका छैनन् ।

पावर अफ एटोर्नी कार्यवाहक महावाणिज्यदूतबाहेक अरु कर्मचारीले प्रमाणिकरण गर्न नमिल्ने प्रावधान रहेकाले सेवा लिनका लागि महावाणिज्यदूतावास पुगेका सेवाग्राहीहरुले सेवा प्राप्त नगरी फर्कनुपरेको गुनासो गरेका छन् । महावाणिज्यदूतावासले पनि इमर्जेन्सी अवस्था भएकाहरुलाई पावर अफ एटोर्नी सेवाका लागि वासिंटन डिसीमा रहेको नेपाली दूतावासमा जान र अन्यलाई केही समय प्रतिक्षा गर्न सुझाव दिएको छ ।

पावर अफ एटोर्नी सेवाका लागि पहिले नै महावाणिज्यदूतावासमा इमेलमार्फत कागजातहरु पठाउन महावाणिज्यदूतावासले सुझाव दिएको छ । इमेलमार्फत कागजातहरु पठाएकाहरुलाई अहिले कार्यवाहक महावाणिज्यदूत नभएकाले केही समय प्रतिक्षा गर्न सुझाव दिइएको र विना अप्वाइन्टमेन्ट सिधै आउनेहरुमात्र विना सेवा फर्कने अवस्था आएको महावाणिज्यदूतावासले जनाएको छ ।

नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कबाट अमेरिकाको न्यूयोर्क, कनेक्टिकट, न्यू जर्सी, पेन्सिलभेनिया, मेन, न्यू ह्याम्पशायर, म्यासाचुसेट्स, , रोड आइल्याण्ड, भर्मन्ट राज्यमा बसोबास गर्ने नेपाली नागरिकले रीतपूर्वक पेश गरेको अधिकृत वारेशनामा प्रमाणीकरण गरिने महावाणिज्यदूतावासले जनाएको छ । अन्य राज्यमा वसोवास गर्ने यो सेवा लगायत अन्य सेवाका लागि आवेदकले नेपाली राजदूतावास, वासिङ्गटन डिसीमा सम्पर्क गर्न सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महावाणिज्यदूतावासले वेवसाइटमा भनेको छ अधिकृत वारेशनामाको कागजात तयार गर्दा नेपालको मुलुकी ऐन (देवानी संहिता/मुलुकी देवानी कार्यविधि संहिता ,२०७४) मा उल्लेख भएको कानुनी प्रावधान अनुसार नेपाली कागजमा तयार गरिएको र संलग्न गर्नुपर्ने प्रमाणपत्रका प्रतिलिपिहरू नोटरी पव्लिकवाट प्रमाणित गरिएको हुनुपर्दछ। अधिकृत वारेशनामा प्रमाणीकरणका लागि वारेशनामा दिने व्यक्तिले पूर्व समय लिएर यस महावाणिज्यदूतावासमा स्वयं उपस्थित भई उक्त कागजातमा आफ्नो औंठाछाप र हस्ताक्षर महावाणिज्यदूतको उपस्थितिमा गर्नुपर्ने हुन्छ। अमेरिकाका स्थानीय नोटरी पव्लिकबाट पहिलेनै कानुन वमोजिम प्रमाणीकरण भइसकेको अधिकृत वारेशनामामा यस नियोगबाट थप प्रमाणीकरण गरिने छैन।

नियोगमा पूर्व समय लिन नियोगको इमेलः [email protected] वा कार्यालय टेलिफोन+1 917 675-6783 मा सम्पर्क गरी नियोगले तोकेको समयमा आउनुपर्ने महावाणिज्यदूतावासको भनाई छ ।

अधिकृत वारेशनामा प्रमाणीकरणका लागि सहिछापको लागि महावाणिज्यदूत वा कार्यवाहक महावाणिज्यदूत समक्ष अधिकृत वारेसनामा दिने व्यक्ति स्वयम् उपस्थित हुनुपर्दछ। मुलकी देवानी कार्यबिधि (संहिता) ऐन, २०७४ मा उल्लेख भएको प्रावधान समेटिएको र अधिबक्ताद्वारा तयार गरिएको अधिकृत वारेसनामा नेपाली कागजमा प्रिन्ट भएको हुनुपर्दछ । मुद्धा मामिला परिसकेको भए तारेख पत्रको कपि र मुद्धा/मामिला दायर गर्नुपर्ने भए स्पष्ट बिबरण लिखितम मा खुलाएको हुनुपर्दछ।

अधिकृत वारेसनामा २ प्रति सक्कल र नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कलाई सम्बोधन गरिएको १ प्रति निवेदन हुनुपर्नेछ।अधिकृत वारेशनामाको लिखितममा समेत नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कका महावाणिज्यदूतरकार्यवाहक महावाणिज्यदूत समक्ष उपस्थित भई हस्ताक्षर गरेको व्यहोरा उल्लेख हुनुपर्दछ। अधिकृत वारेसनामा दिने व्यक्तिको सक्कल नागरिकता प्रमाणपत्र तथा त्यसको प्रतिलिपि र अधिकृत वारेसनामा लिने व्यक्तिको नागरिकता प्रमाणपत्रको छाँयाप्रति नेपालमा नोटरी पव्लिकबाट प्रमाणित गरिएको हुनुपर्दछ। चालु आर्थिक वर्षको मालपोत तिरेको सक्कल रसिद वा त्यसको नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्दछ।अधिकृत वारेसनामा दिने व्यक्तिको नेपाली राहदानी र नागरिकताको कपी सक्कल र फोटोकपी संलग्न गर्नुपर्दछ।

घर जग्गा खरीदविक्रि वा हक हस्तान्तरण सम्बन्धी भए घररजग्गाधनी प्रमाणपत्रको सक्कल र नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्नेछ। सवारीसाधन सम्बन्धी भए सवारी धनिपूर्जा सक्कल वा नोटरी पब्लिक द्वारा प्रमाणित फोटोकपी संलग्न गर्नुपर्दछ। शेयर धितोपत्र सम्बन्धी भएमा शेयरधनि प्रमाण पत्र सक्कल वा नोटरी पब्लिक द्वारा प्रमाणित फोटोकपी संलग्न गर्नुपर्दछ। सम्बन्ध विच्छेद सम्बन्धी भएमा विवाहदर्ताको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्दछ । पति/पत्नी दुबैको सहमतीमा सम्बन्ध विच्छेदका लागि वारेशनामा पठाउँदा दुवैको नागरिकता वा राहदानीको प्रतिलिपि संलग्न गर्नुपर्दछ र दुवैजना महावाणिज्यदूतावासमा उपस्थित भई सहिछाप गर्नुपर्नेछ।

अधिकृत वारेसनामा लिने र दिनेको तीन पुस्ते विवरण उल्लेख भएको हुनुपर्छ । अधिकृत वारेसनमा दिने र लिने दुवैको हालसालै खिचिएको २/२ प्रति रङ्गिन फोटो पेश गर्नुपर्छ । “किनारा साक्षीका सदर” भनी उल्लेख भएमा दुवै जनाको नाम, ठेगाना तथा हस्ताक्षर, यदि “रोहवरका साक्षीकासदर” भनी उल्लेख भएमा स्थानीय साक्षीहरु महावाणिज्यदूतवासमा उपस्थित हुनुपर्दछ । अधिकृत वारेसनामा प्रमाणीकरण शुल्क अमेरिकी डलर २०० तोकिएको छ।सो शुल्क कन्सुलेट जनरल अफ नेपाल न्युयोर्कको नाममा मनि अर्डर तयार गरी पेश गर्नुपर्दछ। नगद वा क्रेडिट/डेविट कार्डमार्फत भुक्तानी गर्न सकिनेछैन। वारेशनामा प्रमाणीकरणका लागि लाग्ने समयः नियोगमा पूर्व समय लिएर र वारेशनामा दिने व्यक्ति स्वयं उपस्थित भई सबै आवश्यक कागजात र राजश्व बुझाई र लिखितममा सहीछाप गरिसकेपछि कार्यालयमा सेवाग्राहीको चाप अनुसार सामान्यतया ३० मिनट देखी १ घण्टा लाग्नेछ ।

एकपटक प्रमाणीकरण गरिएको वारेशनामा हराएमा, चोरी भएमा, च्यातिएर वा कुनैपनि तबरले नस्ट भएमा पुन: उही राजश्व सहित माथि उल्लेख गरिए बमोजिमको कागजातहरु पेस गरि पुनः प्रक्रिया अगाडी बढाउनुपर्दछ । अमेरिकी नागरिकता वा राहदानी लिएका नेपाली मूलका अमेरिकनको लागि साविकमा गैरआवासीय नेपाली परिचयपत्रको आधारमा उपलव्ध यो सुविधा मुलुकी देवानी कार्यविधि संहिता ऐन २०७४ को दफा १५३ (३) बमोजिम विदेशस्थित नेपाली नियोगवाट प्रमाणीकरण गर्न नमिल्ने अध्यावधिक परिपत्र प्राप्त भएकोले सो प्रमाणीकरण कार्य वन्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com